प्रचण्डले जिम्मेवारी नदिएपछि एमालेमा लागे ;श्रीप्रसाद जवेगु

नेकपा (माओवादी केन्द्र)का पोलिटव्यूरो
सदस्य श्रीप्रसाद जवेगु नेकपा (एमाले)मा
प्रवेश गरेका छन् ।

पार्टीमा जिम्मेवारी
विहीन भएपछि नेकपा एमालेमा प्रवेश
गरेको जवेगुले बताएका छन् ।
संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री
जवेगु एकता अघि माओवादी केन्द्रको
पोलिटव्यूरो सदस्य थिए ।

तर एकतापछि
उनलाई कुनै जिम्मेवारी दिइएको थिएन ।
‘पार्टी एकतापछि पर्खेर बसियो, तर कुनै
जिम्मेवारी दिइएन,’ उनले भने, ‘जिम्मेवारी
विहीन भएर बसिरहन मनले मानेन ।’

जवेगु दोस्रो संविधानसभामा
माओवादीबाट समानुपातिक सभासद् थिए
। जनयुद्धकालदेखि नै माओवादीमा रहेका
उनी २०७३ सालमा प्रचण्डको नेतृत्वमा
गठन भएको सरकारमा सङ्घीय मामिला
तथा स्थानीय विकास राज्यमन्त्री र
पशुपंक्षी विकास राज्यमन्त्री बनेका थिए ।
त्यसयता भने उनलाई जिम्मेवारी विहीन
बनाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *