श्रीमतीसँग बुढेशकालमा रोमान्टिक मुडमा देखिए मुख्यमन्त्री राई (भिडियो सहित)

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गत माघ ११ गते विवाह गरे । काठमाडौमा विवाह गरेका राईले माघ १६ गते शुक्रबार विराटनगरमा पार्टी दिँदैछन् । ४९ वर्षे राईले २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग गरेको विवाहलाई लिएर विभिन्न चर्चा चलिरहेको छ ।

आधा उमेर कम भएकी युवतीसँगको विवाहलाई कतिले विकृती मानेका छन् त कतिले माया प्रेममा उमेर हेरिँदैन, व्यक्तिगत कुरा हो भन्ने खालका टिप्पणीहरु पनि गरेका छन् । चर्चा परिचर्चाकै बिचमा बुधबार एउटा भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा मुख्यमन्त्री राई र शेर्पा हँसिलो मुद्रामा विभिन्न पोशाकमा एक अर्कालाई माया गर्दै गरेको देखिएका छन् । फूलबारी, भीर पाखा र होटलमा एकले अर्कोलाई औंठी लगाइदिएर अंगालोमा बाँध्दै गर्दा जातिगत पोशाक लगाएका छन् । यो भिडियो युट्युबमा जाङ्मुको एकाउण्टबाट पोष्ट भएको छ ।

भिडियो

https://youtube.com/watch?v=7vpfj6D14jw%3Ffeature%3Doembed

Leave a Reply

Your email address will not be published. Required fields are marked *