के फरक छ र अोलि र प्रचण्डमा ? हेर्नुस अोलिको कार्यक्रम स्थलको हालत नि प्रचण्डको जस्तै (तस्विरहरु)

केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आमसभा गर्‍यो। 

शुक्रबार दरबारमार्गस्थित नारायणहिटीमा भएको आमसभालाई प्रधानमन्त्री ओलीलगायतले सम्बोधन गरेका थिए।

ओली मञ्चमा चढ्दा ‘राजनेता केपी ओ‌ली: जिन्दावाद, राष्ट्रनायक केपी ओली: जिन्दावाद’ नारा लगाइएको थियो। उनी मञ्चमा पुगेपछि राष्ट्रिय गान बजाइएको थियो।

त्यसपछि केपी ओलीको तस्बिर र सूर्य चिन्ह अंकित निलो बेलुन उडाएर कार्यक्रम अघि बढाइएको थियो।  बेलुनमा राष्ट्रिय झन्डा पनि झुन्ड्याइएको थियो।

सडक अवरूद्ध गरेर नेकपाले आमसभा आयोजना गरेको थियो। सभा हुनुभन्दा अगाडि विभिन्‍न स्थानबाट जुलुस निकालिएको थियो। ती जुलुस नारायणहिटीमा गएर एकीकृत भएको थियो।

शीर्ष नेताले सम्बोधन गरिरहेका बेला बाहिर भने फरक दृश्य देखियो। कोही कार्यकर्ता प्रधानमन्त्रीको पोस्टरसँगै सेल्फी खिचाउन व्यस्त थिए तर कोही बदाम र चटपटे खाइरहेका थिए। कोही भने नाचगानमा व्यस्त थिए। 

तस्विरहरु :-

के फरक छ र अोलि र प्रचण्डमा ? हेर्नुस अोलिको कार्यक्रम स्थलको हालत नि प्रचण्डको जस्तै (तस्विरहरु) 1
के फरक छ र अोलि र प्रचण्डमा ? हेर्नुस अोलिको कार्यक्रम स्थलको हालत नि प्रचण्डको जस्तै (तस्विरहरु) 2
के फरक छ र अोलि र प्रचण्डमा ? हेर्नुस अोलिको कार्यक्रम स्थलको हालत नि प्रचण्डको जस्तै (तस्विरहरु) 3

Leave a Reply

Your email address will not be published. Required fields are marked *