दीपिका र आलियको मिमिक्रिी गर्न कठिन: जेमी लिवर

कमेडियन जेमी लिवर कलाकारहरुको मिमिक्री गर्न र  मिमिक्रीको भिडियोहरु तयार गरेर आफ्ना प्रसशंसकहरुलाई मनोरञ्जन गर्न माहिर मानिन्छिन् । तर, उनलाई आलिया भट्ट र दीपिका पादुकोणको मिमिक्री गर्न निकै कठिनाई हुने गर्छ । 

आईएएनएस लाइफसँग जेमीले भनेकी छिन्, ‘म आलिया भट्ट र दीपिका पादुकोणको मिमिक्री गर्ने कोसिस गर्दै थिएँ, तर सकिन । तर एक न एक दिन म पक्कै पनि यसलाई सहज रुपमा गर्नेछु । मलाई नयाँ–नयाँ कोसिस गर्न र नयाँ कलाकारहरुको मिमिक्री गर्न मन लाग्छ । मलाई सँधैं प्रयोग गर्न मन लाग्छ । हो, आलिया र दिपिकाको मिमिक्री गर्न मलाई गाह्रो हुन्छ, तर एक न एक दिन पक्कै गर्नेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *