श्रीमान श्रीमतिको एउटै चिता । दैब पनि कति निस्ठुरि !

बर्दीयामा सोमवार भएको घटनाले बर्दीया जिल्ला शोकमा डुवेको छ । मोटरसाइकल दु’र्घटनामा परी बर्दियाका सन्त वहादुर रिमालका कान्छो छोरा र वूहारीको नि’धन भयो । सानै उमेरमा संसार छोडेका यि जोडीलाअी एउटै चितामा राखेर अन्त्यष्टि गर्दा ऊपस्थित साबैको आँखा रसायो । सोही घटनामा सहभागी भएका स्ठानिय प्रदिप ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘जीवनमा पहिलो पटक देखे एक चिता दुई शरिर मार्माहित दुखद घ’टना एउटै चिता मा दम्पति लाई दाग वत्ति, धन्य भगवान निष्टुरि दैवको लीला सन्त वहादुर रिमाल का कान्छो छोरा र वुहारिको मोटारसाईकल डुर्घटना वाट दुवै जनाको निधनले हामी सवै स्तव्ध छा‌ै दुव‌ै को स्वर्गमा बाँस होस, मृ’त आ त्माको चिर शान्तिको कामना र शोकाकुल परिवार जन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ !’ – प्रदिप ज्ञवाली, वढैयाताल ८ वर्दिया

शनिबार राती ८ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको भे ३ प ७८७० नम्बरको मोटर साइकल र पश्चिमबाट पुर्व तर्फ गैरहेको भे १ त ५०९९ नम्बरको काठा लोड गरेको टेक्टर आपसमा ठोकिदा मोटर साइकलमा सवार श्रीमान र श्रीमतिको मृत्यु भएको हो । बढैयाताल गाउँपालिका–७ पचासा बस्ने अर्जुन रिमाल र उहाँको पत्नि ललिता रिमालको मृ’त्यु भएको हो । अर्जुन २५ वर्षका थिए भने उनकी श्रीमती २३ वर्षकी थिईन् ।

घाटनाको बीषयलाई लिएर बढैयाताल पचासाका स्थानियले चक्का जाम गरेका थिए । टेक्टर धनि र मृतकका पक्ष बिच सम्झौता भई चक्का जाम खूलेको थियो । टेक्टर धनिले मृतक पक्षलाई नियमानुसार क्षतिपुर्ति उपलब्ध गराउने र क्षतिग्रस्त मोटर साइकलको पुनः मर्मत गराउने सम्झौतामा चक्का जाम खुलेको जनाईेको थियो । उक्त घटनामा संलग्न टेक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *