निर्देशक जि.बि अाग्रिको निर्देशनमा ” बि बाट बियर ” गितको भिडियो सार्वजनिक

सुदुरपश्चिममा दर्जनौं म्युजिक भिडियो निर्देशन गरेर चर्चा कमाएका निर्देशक जि.बि आग्रीले फेरि नयाँ म्युजिक भिडियो लिएर दर्शक सामू आएका छ्न ।
“बि बाट बियर” बोलको लोक दोहोरी गीतमा बनेको फरक शैलीको म्युजिक भिडियोबाट दर्शक श्रोताहरुले भरपुर मनोरञ्जन लिने निर्देशक जि.बि आग्रीले बताए ।

“बि बाट बियर” बोलको गीतमा प्रताप दास, एञ्जिला रेग्मी,रवि ओड र स्मीता दाहालको आवाज रहेको छ भने नेत्र अर्यालको रचना तथा भीम बिसीको संगीत रहेको छ । नेपालको वर्तमान राजनीतिमा शिर्ष भूमिकामा रहेका प्रचण्डका नातिनी स्मीता दाहालको आवाज रहेकाले पनि यो गीत खास रहेको निर्देशक आग्री बताउँछन् ।

म्युजिक भिडियोमा बिजय पुन,रोशनी कार्की,अज्या श्रीस मगर र चाहना बस्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ । पोस्ट प्रोडक्सन लाईक माईण्ड्स नेपालको रहेको छ । निर्देशन, संवाद र कन्सेप्ट जिबि आग्रीको रहेको यस भिडियोलाई विशाल इण्टरटेनमेण्ट नामक युटुब च्यानलले  प्रस्तुत गरेको   हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *