कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक, यसरि हेर्न सकिन्छ रिजल्ट ?

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । केहीबेरअघि सम्पन्न राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।

परीक्षामा चार लाख ३३ हजार दुई सय ७१ उतिर्ण भएका छन् । त्यस्तै ११ हजार चार सय ९० को परीक्षा स्थगित र एक जनाको रद्द भएको छ ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस वर्ष बोर्डले ४० प्रतिशत अंकका लागि परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ ।

परीक्षामा देशभरका चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *