बाल गायक सचिन पारीयारको पाहिलो गीत युटुबको ट्रेन्डिङ नम्बर १ मा पुगन सफल भयो । केही दिन अघि लेकसाइड टिभीको युटुब च्यानलबाट प्रशरण ‘ओठ खोलेर’ बोलको गीतलाई छोटो समयमा धेरै भ्युज मिलेको छ। सचिन परिवार, रविना बसेल, अर्जुन कुँवर र अस्मिता बुढाथोकीको सुमधुर आवाज रहेको गीतमा महेन्द्र भन्दारीको संगीत रहेको छ भने गणेश अधिकारि शब्द रहेको छ।
गीतलाई दर्शकले एकदमै रुचाएका छन्। ३ दिनको अवधिमा गीतलाई युटुबमा १६ लाख बढी भ्युज, एक लाख बढी लाइक र ५ हजार बढी सकारात्मक कमेन्ट मिलेको छ। गुल्मीका सचिनको यो पहिलो गीत हो। गीतका निर्माता लेकसाइड टिभीका सन्चालक सविन छेत्री हुन्।
गीतको भिडियोमा सचिन, रबिनालाई देखन सकिन्छ। सचिन र रबिनाका अलवा मो:डल करिश्मा ढकाल, सबिन छेत्री,अर्जुन कुँवर, एलिना रायमाझी लगायतला कलाकारहरु पनि भिडियोमा फिचर्ड छन्। भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन्। सुरेश श्रेष्ठले आकर्षक फ्रेममा खिचेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन्।
त्यस्तै उनले लोकप्रिय हास्य टेलिश्रृखला मेरी बास्सै मा पनि अभिनय गरेका छन् । उनले अभीनय गरेको उक्त श्रृंखला युट्युबको ट्रेन्डिङ मा समेत परेको छ। हेर्नुस् यो पुरा भिडियो