दिल्लीले सन्दीपलाई गर्‍यो ‘रिलिज’

आइपिएल टिम दिल्ली क्यापिटल्सले नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ।

सन्दीप सन् २०१८ मा दिल्लीमा २० लाख भारुमा आवद्ध भएका थिए। 

सन्दीपले पहिलो सिजनको अन्तिम तीन खेलमा मौका पाएका थिए। 

२०१९ को सिजन भने सन्दीपले ६ खेल खेलमा मौका पाए। तर एकनासको प्रदर्शन गर्न नसक्दा सन्दीपलाई गत सिजन नियमित टिममा स्थान बनाउन मुस्किल परेको थियो।

सन्दीपले दिल्लीबाट दुई सिजनमा ९ खेल खेल्दा १३ विकेट लिए। 

कुनै पनि खेलमा मौका नपाउँदा सिजन २०२० भने सन्दीपका लागि बिर्सनलायक बन्यो।

सन्दीप २०१८ मा तीन सिजनका लागि दिल्लीमा आबद्ध भएका थिए। 

सन्दीपले सिजन २०२१ को आइपिएल टिममा स्थान बनाउन अब अक्सनबाट छानिनुपर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *