फेसबुक ग्रुप MWRR लकडाउनमा पनि सेवामा

Spread the love

सौगात छेत्रि !

सामाजिक छेत्रमा काम गर्न , समाज तथा देशमा परिवर्तन ल्याउन अनि गरिव दिनदिखुको साहाराका निम्ति यतिबेला धेरै सँघसँस्थाहरु तथा फेसबुक ग्रुपहरु निर्माण भइरहेका छन । युवाहरुको एकेबद्दता रहेका यिँ सञ्जालहरु कोहि छोटो समयका लागि सिमित भए त कोहि निरन्तर सङ्घर्षमै लागिरहे । यिनैबिच सामाजिक कार्यमा छुट्टै इतिहास बनाउन सफल सञ्जाल हो ” MENS AND WOMENS ROOM RELOADED” !

यतिबेला विश्व कोरोना भाइरसको महामारिको सङ्कटमा छ । कयौँ गरिवहरु जो मजदुरि गरेर पेट भर्थे उनिहरुले एक गास खान नपाएर छटपटाउनु पर्ने अवस्था छ । कयौँ गरिवहरुले सिटामोल किनेर खान सक्ने अवस्था छैन । कयौँ ठुला बिरामिहरुले रगत नपाएर छटपटिनु परेको छ । यि सबैलाइ मध्यनजर गरेर टिम MWRR ले निरन्तर जनताको सेवाका निम्ति लकडाउन अवधिमा थुप्रै कार्यहरु गरपसकेको छ । MWRR ले Lockdown अवधिमा गरेका केही सत्कर्मका कार्यहरुको बिस्तृत जानकारि तथा अाउने दिनहरुमा थप यस्तै सकरात्मक कार्यहरु गर्ने जानकारि Founder कृष्ण शर्मा ” एकान्त प्रेमि” ले जानकारि दिनु भयो ।

सम्पन्न गरिएका कार्यक्रमहरु :-

*पथरी ५का सुजनको परिवारलाई खाद्यान्न तथा उपचारमा सहयोग ।
*क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर चितवन सगको सहकार्यमा रगत परिपुर्तिका निमित्त रक्तदाताहरु ब्यवस्थापन ।
*पोखरा अवस्थित एक लेडिजलाई खाद्यान्न तथा जागिर ब्यवस्थापन ।
*Group मा मनोरंजनका निमित्त विभिन्न कलाकारहरुको LIVE Season.
*INTERNATION YOUTH DAY को दिन भरतपुर रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम ।
*कोरोना माहामारी तथा विभिन्न स्वास्थ सम्बन्धित live interaction program with doctors.
*सुर्यपुर चितवनका अति बिपन्न २ परिवारलाई खाद्यान्न सहयोग।
*साहाराको घर चितवनलाई खाद्यान्न तथा सरसफाइका सामाग्रीहरु सहयोग ।
*Kathmandu अवस्थित एक LGBTQ जोडिलाई सहयोग ।
*नियमित रक्तदाता ब्यवस्थापनमा सहयोग ।
Note: कोहि सहयोग गर्न इक्षुक हुनुहुन्छ भने admin हरुलाई वा mensandwomens36@gmail.com अथवा 9845711794/9817527144 मा सम्पर्क गर्न सक्नु हुनेछ साथै MWRR को official page मा सम्पर्क गर्न नि सक्नुहुनेछ #thanks

MWRR

Leave a Reply

Your email address will not be published. Required fields are marked *