शान्ति श्रि परियार र सुरेश अोडको ” अाशु पिउँदैछु ” को छायाँकन सुदुरपश्चिममा सम्पन्न

Spread the love

सौगात छेत्रि !

यतिबेला सुदुरपश्चिममा म्युजिक भिडियो छाँयाकनको सङ्ख्या पहिलेभन्दा धेरै नै बढ्दो क्रममा छ । लकडाउनकै क्रममा पनि सुदुरपश्चिमेलि कलाकारहरु काममै निरन्तर लागिपरिरहेका छन । यसै बिच नवउदाउँदै गरेका गाएक सुरेश अोडले ” अाशुँ प्युदैछु ” बोलको गित सार्वजनिक गर्दैछन । जसमा स्वर चर्चित गायिका शान्ति श्रि परियार र सुरेश अोडको रहेको छ भने लय तथा शब्द नरेन्द्र सिँह टमट्टा को रहेको छ । शान्ति श्रि परियार जस्तो स्वरकि धनि गायिकासँग सहकार्य गरेर काम गर्न पाउँदा एकदमै भाग्यमानि रहेको बताउँछन नव गाएक सुरेश अोड ।

शान्ति श्रि परियार र सुरेश अोडको " अाशु पिउँदैछु " को छायाँकन सुदुरपश्चिममा सम्पन्न 1
(मोडल सुस्मिता कुँवर र ध्वज अोड )

” भिडियो निर्माण भैसकेको र पहिले भन्दा अझ फरक काम ल्याएर अाउँदैछौ ” निर्देशक पर्वत बिश्वकर्माले प्रश्ट मिडिया सँगको संवादमा  बोले । निर्देशक बि.क अाफैमा एक प्रतिभावान कलाकार हुन । उनि निर्देशन सँगसँगै गायन , लेखन तथा मोडलिङ्गमा पनि उत्तिकै अब्बल छन । गितमा सुदुरकि चर्चित महिला अभिनेत्रि ” सुस्मिता  कुँवर , चर्चित अभिनेता मँगल साउँद र ध्वज अोडको अभिनय रहेको छ ।

शान्ति श्रि परियार र सुरेश अोडको " अाशु पिउँदैछु " को छायाँकन सुदुरपश्चिममा सम्पन्न 2
(गाएक सुरेश अोड)

यसैगरि सुदुरमा सर्वब्यापि परिचित प्रोडक्सन  ” श्रिराम फिल्म्स” को पोस्ट प्रोडक्सनमा रहेको उक्त गितको भिडियोको छायाँकन चर्चित क्यामेरा म्यान अमित बिक, अनुप र हिक्मतले खिचेका हुन भने श्रृङ्गार चाहि सपना अाउजिको रहेको थियो ।

शान्ति श्रि परियार र सुरेश अोडको " अाशु पिउँदैछु " को छायाँकन सुदुरपश्चिममा सम्पन्न 3
(मोडल मँगल साउँद)

“यस अघिका कामहरु दर्शकहरुले एकदमै मनपराइदिनु भएको थियो , यो झन फरक छ , अझै मेहेनेत गरेका छौँ र पक्कैपनि दर्शकले अझ माया गरिदिनुहुनेछ भन्ने कुरामा ढुक्क भएको कुरा मोडल मँगल साउँद बताउँछन । भिडियो केहि दिनमा रिलिज गर्ने तयारिमा रहेको निर्देशक बि.क ले जानकारि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *