रामारोशन घटनामा ज्यान गुमाउनेहरुप्रति समर्पित गित ” पापि कैलाश खोला ” सार्वजनिक ( भिडियो सहित )

Spread the love

सौगात छेत्रि ।
बिगत लामो समयदेखि नेपालि सङ्गित छेत्रलाइ योगदान दिइरहेका गाएक तथा अभिनेता जनक साउँद ” अछामि माग्ने बुढा ” ले भर्खरै मात्र रामारोशन घटनामा अाधारित “पापि कैलाश खोला ” बोलको गित सार्वजनिक गरेका छन । भदौ २ गते राति कैलाश खोलाले अछाम स्थित शैनि बजार डुबान पारेको र ठुलो जनधन क्षति भएको यथार्थ दुखद घटनालाइ समेटेर गित बनाइएको थियो । गाएक जनक साउँदको स्वरमा सजिएको उक्त गितको शब्दहरु स्वयम साउँदले नै कोरेका हुन।

हेमन्त कान्छा रसाइलिको लय , सँगित , एेरेन्ज रहेको उक्त गित ” कुसुम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो भने मिक्सिङ्ग तथा मास्टरिङ्ग चाहि पुस्कल खत्रिले ( रियाज स्टुडियो ) गरेका हुन ।


यस दुखद घटनाले कयौँको मृत्यु , कयौँ बालबालिका अनाथ , कयौँ वेपत्ता तथा धनको ठुलो क्षति भएको थियो । उक्त दुखद घटना जिवनभर बिर्सन नसकिने घटना भएका कारण मृतको श्रदाञ्जलि तथा पिडितको पिडा समेटेर कोर्न मन लाग्यो अनि कोरे , शब्दकार साउँद बताउँछन । उनले यस घटनामा ५ जना परिवार समेत गुमाएका थिए । यस गितको भिडियो निर्देशन सुरेन्द्र सँगमले गरेका थिए । । डेउडा छेत्रमा बिगत लामो समयदेखि योगदान दिइरहेका साउँदलाइ निर्देशक सँगम र सरस्वति वनले समेत अभिनयमा साथ दिएका छन । घटना स्थलमै गएर बास्तविक घटनानै खिचेर भिडियोलाइ अझ थप यथार्थ बनाइएको मोडल साउँद बताउँछन । मोडल साउँदको जन्मस्थानमा नै उक्त घटना घटेको थियो र त्यहाँ पुग्दा त्यहाँको माहोलले अाशुँ नथामिएको कुरा मोडल साउँद बताउँछन ।

झन तिँ कलिला नानिबाबुहरु जस्लाइ घटनाले अनाथ बनायो तिनिहरुको मुहार देखेर भक्कानियर रुन मन लागेको र अाशुँ थाम्न समेत गार्हो भएको निर्देशक सुरेन्द्र सँगम बताउँछन ।
अमित बि.क तथा हिक्मत पाठकको छायाँकन रहेको उक्त गितको सम्पादन अमित बि.क स्वयमले गरेका हुन । घटना स्थलमै गएर घटनालाइ समेटेर यस्तो यथार्थ कथा खिच्ने मौका जिवनमा पहिलो पटक पाएको छायाँकार बताउँछन । श्रिराम फिल्म्सको दृष्यनिर्माणमा गरिएको यो गित ” janak saud ” यसटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
साथै उक्त यथार्थ घटनालाइ कैद राख्न अडियो तथा भिडियोमा सहयोग गर्नुहुने सबैलाइ निर्माण टिमले बिशेश अाभार प्रकट गरेको छ । बिशेषगरि निर्माण टिमले रोमारोशन गा.पा ., पिडित परिवार , तथा स्थानियहरु प्रति अाभारि प्रकट गरेका छन

भिडियो :- https://youtu.be/2-D9HzMs21I

Leave a Reply

Your email address will not be published. Required fields are marked *