श्रृष्टि खड्काको अभिनयमा रहेको गित ” भेटौन फनपार्कको गेटैमा ” सार्वजनिक (भिडियो सहित )

Spread the love

” लालुमै ” गितबाट एकाएक चर्चाको शिखरमा पुग्न सफल ” श्रृष्टि खड्का” द्वारा अभिनित म्युजिक भिडियो ” भेटौ न फनपार्कको गेटैमा ” सार्वजनिक गरिएको छ । यतिबेला चर्चामा रहेकि लोकप्रिय गायिका एलिना चौहान र बसन्त सापकोटाको स्वरमा सजिएको उक्त गित केहिदिन अगि ” Basanta sapkota ” युटुव च्यानल मार्फत सार्वजनिक गरिएको थियो ।

बसन्त सापकोटाको शब्द तथा संङ्गित रहेको उक्त गित राजेश श्रेष्ठले रेकर्ड गरेका हुन । कृष्ण भान्जाको एेरेन्ज रहेको यस गितको मिक्सिङ्ग चाहि किसोर थापाले गरेका हुन। ” A one Musicial ” मा रेकर्ड गरिएको उक्त गित निकै नै मिठो रहेको र दर्शकहरुले मन पराउने कुरामा ढुक्क भएको टिमको दावि छ ।

निशान काश्यप द्वारा निर्देशित उक्त भिडियोमा श्रृष्टि खड्काको साथमा सुधिर श्रेष्ठको अभिनय रहेको छ । उत्सव दाहालद्वारा छाँयाकन गरिएको उक्त गितको सम्पादन चाँहि निर्देशक काश्यप स्वयमले गरेका हुन् । RAD STUDIO को पोस्ट प्रोडक्सनमा बनेको उक्त भिडियोमा श्रृङ्गार चाहि अनिताको रहेको छ ।

थुप्रै हिट गित दिइसकेकि मोडल खड्का पछिल्लो समय लोकप्रिय छिन । ” पुराना कामहरुलाइ दर्शकहरुले एकदमै माया गरेर यहाँसम्म अाइपुगेकि हुँ र अझै यो भन्दा माथिसम्म जानका निम्ति भगवानरुपि दर्शकहरुको माया र साथले मात्रै सम्भव रहेको ” श्रृष्टि बताउँछिन । ” पुराना कामहरु भन्दा थप फरक र मेहेनेतका साथ यो काम गरेका छौ , दर्शकहरुले मनदेखि नै माया र सहयोग गरिदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेको मोडल खड्का बताउँछिन ।”

भिडीयो : https://youtu.be/F8DnO-rRNAc

Leave a Reply

Your email address will not be published. Required fields are marked *