बाबुबाटै छोरी बलात्कृत, पीडितलाई घरबेटीले निकाले

ललितपुरको महालक्ष्मी नगरपालिकामा–६, मा आफ्नै बाबुबाट १७ वर्षकी किशोरी बलात्कृत भएकी छिन् ।

सिन्धुपाल्चोका ४० वर्षका पुरुष छोरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनले एक वर्षयता बलात्कार गर्दै आएको किशोरीले बताएकी छन् ।

पटक पटक बलात्कार भएपछि पीडित युवती र उनका भाई उजुरी दिन आएका थिए’, महानगरीय प्रहरी प्रभाग लुभुका सई रत्नबहादुर थापाले भने, ‘उजुरीको आधारमा हामीले गत ७ असारमा पीडकतलाई पक्राउ गरी पक्राउ गरेर महानगरीय प्रहरी बृत्त, सातदोवाटोलाई बुझाएका हौँ ।’

अहिले ती पुरुष पुर्पक्षका लागि कारागारमा छन् । उनी लकडाउनअघि घरमा रङ लगाउने काम गर्दै आएका थिए । विगत सात वर्षदेखि समता स्कुलको होस्टेलमा बस्दै आएकी छोरीलाई डेढ वर्षअघि आफूसँगै राख्न ल्याएका थिए । किशोरीकी आमा अपांग छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *