रामारोशन घटनामा अाधारित देउडा गित “बाढि पहिरो रामारोशन ” सार्वजनिक ( भिडियो सहित )

Spread the love

सौगात छेत्रि ।
बिगत लामो समयदेखि नेपालि सङ्गित छेत्रलाइ योगदान दिइरहेका गाएक रुपक परियारले रामारोशन घटनामा अाधारित गित “बाढि पहिरो रामारोशन ” बोलको गित सार्वजनिक गरिएको छ । भदौ २ गते राति कैलाश खोलाले अछाम स्थित शैनि बजार डुबान पारेको र ठुलो जनधन क्षति भएको यथार्थ दुखद घटनालाइ समेटेर गित बनाइएको थियो । गाएक रुपक परियार र बिमला साउँदको स्वरमा सजिएको उक्त गित तपेन्द्र थापा (कोपिला) को शब्दमा सजिएको छ ।
यस दुखद घटनाले कयौँको मृत्यु , कयौँ बालबालिका अनाथ , कयौँ वेपत्ता तथा धनको ठुलो क्षति भएको थियो । उक्त दुखद घटना जिवनभर बिर्सन नसकिने घटना भएका कारण मृतको श्रदाञ्जलि तथा पिडितको पिडा समेटेर कोर्न मन लाग्यो अनि कोरे , शब्दकार बि. क बताउँछन । यस गितको भिडियो निर्देशन पर्वत बि.क ले गरेका थिए । । डेउडा छेत्रमा बिगत लामो समयदेखि योगदान दिइरहेका मोडल मँगल साउँद तथा सन्ध्या पौडेलको अभिनय रहेको छ । घटना स्थलमै गएर बास्तविक घटनानै खिचेर भिडियोलाइ अझ थप यथार्थ बनाइएको मोडल साउँद बताउँछन । मोडल साउँद ,गाएक र निर्देश बि.कको जन्मस्थानमा नै उक्त घटना घटेको थियो र त्यहाँ पुग्दा त्यहाँको माहोलले अाशुँ नथामिएको कुरा मोडल साउँद बताउँछन । झन तिँ कलिला नानिबाबुहरु जस्लाइ घटनाले अनाथ बनायो तिनिहरुको मुहार देखेर भक्कानियर रुन मन लागेको र अाशुँ थाम्न समेत गार्हो भएको गाएक तथा निर्देशक बि.क बताउँछन ।
अमित बि.क तथा हिक्मत पाठकको छायाँकन रहेको उक्त गितको सम्पादन अमित बि.क स्वयमले गरेका हुन । घटना स्थलमै गएर घटनालाइ समेटेर यस्तो यथार्थ कथा खिच्ने मौका जिवनमा पहिलो पटक पाएको छायाँकार बताउँछन । श्रिराम फिल्म्सको दृष्यनिर्माणमा गरिएको यो गित ” BISHESH FILMS ” बाट सार्वजनिक गरिएको छ ।
साथै उक्त यथार्थ घटनालाइ कैद राख्न अडियो तथा भिडियोमा सहयोग गर्नुहुने सबैलाइ निर्माण टिमले बिशेश अाभार प्रकट गरेको छ । बिशेषगरि निर्माण टिमले रोमारोशन गा.पा .अध्यक्ष भास्कर साउँद, उपाध्यक्ष सरस्वति रावल तथा स्थानियहरु प्रति अाभारि प्रकट गरेका छन

भिडियो :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *