रामारोशनको घटनालाइ समेटिएको देउडा गित “रामारोशन घटना ” सार्वजनिक (भिडियो सहित )

Spread the love

सौगात छेत्रि ।

बिगत लामो समयदेखि नेपालि सङ्गित छेत्रलाइ योगदान दिइरहेका गाएक , निर्देशक तथा मोडल पर्वत बिश्वकर्माको ” रामारोशन घटना” बोलको गित सार्वजनिक गरिएको छ । भदौ २ गते राति कैलाश खोलाले अछाम स्थित शैनि बजार डुबान पारेको र ठुलो जनधन क्षति भएको यथार्थ दुखद घटनालाइ समेटेर गित बनाइएको थियो । गाएक पर्वत बिश्वकर्मा र पुर्णिमा ठुगुन्नाको स्वरमा सजिएको उक्त गित गगन सिँह बि.क को शब्दमा सजिएको छ ।

यस दुखद घटनाले कयौँको मृत्यु , कयौँ बालबालिका अनाथ , कयौँ वेपत्ता तथा धनको ठुलो क्षति भएको थियो । उक्त दुखद घटना जिवनभर बिर्सन नसकिने घटना भएका कारण मृतको श्रदाञ्जलि तथा पिडितको पिडा समेटेर कोर्न मन लाग्यो अनि कोरे , शब्दकार बि. क बताउँछन ।भुवन बडुको एरेन्ज रहेको यस गितमा पर्वत बि.क कै लय रहेको छ । बिग परिवेश र कुसुम डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको “रामारोशन घटना” बोलको गितको भिडियो निर्देशन गाएक बिश्वकर्मा अाफैले गरेका हुन । डेउडा छेत्रमा बिगत लामो समयदेखि योगदान दिइरहेका मोडल मँगल साउँद तथा सन्ध्या पौडेलको अभिनय रहेको छ । घटना स्थलमै गएर बास्तविक घटनानै खिचेर भिडियोलाइ अझ थप यथार्थ बनाइएको मोडल साउँद बताउँछन । मोडल साउँद र गाएक तथा निर्देश बि.कको जन्मस्थानमा नै उक्त घटना घटेको थियो र त्यहाँ पुग्दा त्यहाँको माहोलले अाशुँ नथामिएको कुरा मोडल साउँद बताउँछन । झन तिँ कलिला नानिबाबुहरु जस्लाइ घटनाले अनाथ बनायो तिनिहरुको मुहार देखेर भक्कानियर रुन मन लागेको र अाशुँ थाम्न समेत गार्हो भएको गाएक तथा निर्देशक बि.क बताउँछन ।

अमित बि.क तथा हिक्मत पाठकको छायाँकन रहेको उक्त गितको सम्पादन अमित बि.क स्वयमले गरेका हुन । घटना स्थलमै गएर घटनालाइ समेटेर यस्तो यथार्थ कथा खिच्ने मौका जिवनमा पहिलो पटक पाएको छायाँकार बताउँछन । श्रिराम फिल्म्सको दृष्यनिर्माणमा गरिएको यो गित ” BISHESH FILMS ” बाट सार्वजनिक गरिएको छ ।

साथै उक्त यथार्थ घटनालाइ कैद राख्न अडियो तथा भिडियोमा सहयोग गर्नुहुने सबैलाइ निर्माण टिमले बिशेश अाभार प्रकट गरेको छ । बिशेषगरि निर्माण टिमले रोमारोशन गा.पा .अध्यक्ष भास्कर साउँद, उपाध्यक्ष सरस्वति रावल तथा स्थानियहरु प्रति अाभारि प्रकट गरेका छन

भिडियो :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *