युवतीलाई सामूहिक बलात्कार गर्ने ४ जना कैलालीमा पक्राउ

Spread the love

कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जानकी गाउँपालिका वडा नम्म्बर ९ को खैरीफाँटाकी १७ वर्षीय युवतीलाई गत भदौँ ११ गते राती सामूहिक बलात्कार गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेहरुमा जानकी गाउँपालिका ९ का दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए । पीडित युवतीले किटानी जाहेरी दिएपछि त्यसैका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरु चरै जनालाई पक्राउ गरेको उपरिक्षक विष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *