गोरखाको सिरान्चोक गाउँपालिकाको विभिन्न गाउँमा आज टिका र जमरा राखेर दशैँ मनाइएको छ। पर्वसुधार भन्दै त्यहाँका स्थानीयले केही वर्ष यता भदौमै दशैँ मान्दै आइरहेका छन्।आज दशैँ मनाएकाहरुले १० अघि त्यहाँ स्थित विभिन्न मन्दिर तथा घरमा विधिपूर्वक नै जमरा राखेर घटस्थाना मनाएका थिए।
उनीहरुले अहिले कार्यान्वयनमा रहेको नेपाली पात्रो गलत भएकोले परिमार्जनको माग पनि गर्दैै आइरहेका छन्।
केही वर्ष यता पर्व सुधार अभियान्ता हरिनारायण मल्लको अनुवाइमा गोरखाको विभन्नि गाउँका बासिन्दाले भदौमै दशैँ मनाउँछन्।नेपाली पात्रो दुई हजार वर्षदेखि अध्यावधिक नगरीएको भन्दै उनीहरुले पात्रो सुधारको आवाज उठाउँदै आएका थिए।
@पानि पधेरो