थप ५ दिनका लागि कैलालीमा निषेधाज्ञा जारि

Spread the love

जिल्ला प्रशासन कार्यालय कैलालीको निषेधाज्ञाको अबधि ५ दिन थप गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको १० दिनको निषेधाज्ञाको अबधि आइतबार राति १२ बजे निषेधाज्ञाको समय सकिदैछ । जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञाको अबधि सकिन १ दिन बाँकी रहदा थप ५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । प्रशासनले भदौ १९ गते राति १२ बजेसम्मका लागि कैलालीमा निषेधाज्ञा जारी गरिएको जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कोरोना संक्रमणको जोखिम बढिरहेकोले सबैको सल्लाह र सुझावका भरमा निषेधाज्ञाको अबधि ५ दिनका लागि थप गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *