८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

Spread the love

सल्यानमा आफ्नै छोरीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक पक्राउ परेका छन्।

सल्यानको शारदा नगरपालिका निवासी ३६ वर्षीय बुवाले आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती बलात्कार गरेको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले सेतोपाटीलाई बताए।

‘साउन २२ गते दिउँसो २ बजेतिर मकैबारीमा छोरीलाई जबरजस्ती बलात्कार गरी रहेको अवस्थामा निजकै पत्नीले देखेपछि रहस्य सार्वजनिक भयो,’ प्रहरी निरीक्षक जोशीले भने ‘त्यसअघि पनि जेठ २३ गते र असार १६ गते पैसा दिएर ललाईफकाई जबरजस्ती बलात्कार गर्दै आएको भन्ने जाहेरीमा उल्लेख छ।’

पत्नी काम विशेषले घर बाहिर गएको मौका छोपी छोरी एक्लै भएको समयमा ललाईफकाई पटक/पटक बलात्कार गर्दै आएका थिए। मकैबारीमा बलात्कार गर्दै गरेको अवस्थामा पत्नीले देखेपछि उनी फरार भएका थिए।

पत्नीले भदौ ८ गते प्रहरीमा उनीविरूद्ध किटानी जाहेरी दिएपछि प्रहरी पीडकको खोजीमा लागेको थियो।

प्रहरीले भदौ ९ गते बेलुका साढे ८ बजेतिर लुकीछिपी बसेको अवस्थामा उनकै घर नजिकैबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता जोशीले जानकारी दिए।

पक्राउ परेका व्यक्तिलाई थुनामा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *