रक्सी ल्याउने जिम्मा पाएका साथीले रक्सी त ल्याए तर सितल ल्याउने जिम्मा पाएका साथीले सितन ल्याएनन् । यही रिसमा रक्सी ल्याउने साथीले अर्काको हत्या गरिदिए । यो घटना भारतको तमिलनाडु राज्यको हो ।
चेंगलपुरा जिल्लाको गुडुवनचेरी शहरमा ३८ वर्षका एक व्यक्तिले ४३ वर्षका साथीको चक्कु प्रहार गरी हत्या गरिदिए । हत्या गरेर वासु नामका आरोपी फरार छन् । उनलाई पुलिसले पक्रन सकेको छैन ।
यी दुवै साथीहरुले जग्गा दलालीको काम गर्ने बताइएको छ । यसबाहेक उनीहरुले पार्ट टाइम कामको रुपमा ट्याक्सी चलाउने र फूल बेच्ने काम पनि गर्थे ।
लकडाउनका क्रममा बन्द भएका मदिरा पसल केही दिनअघि मात्र खुलेका थिए । मदिरा पसल खुलेपछि दुवैले मदिरा पिउने योजना बनाए ।
योजनाअनुसार वासुले मदिरा किन्नुपर्ने थियो भने विनयगामले सितन हाँसको मासु पकाएर ल्याउनुपर्ने थियो । विनयगामले साथमा हाँसको मासु नल्याएको बताएपछि दुवैको झगडा भयो । रिसमा वासुले विनयगामलाई चक्कु प्रहार गरेर फरार भए