अभियान्ता मुकुन्द घिमिरेको संयोजनमा लिदी पहिरो पिडितलाई आर्थिक सहयोग हस्तान्तरण

Spread the love

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीका पहिरो पिडितलाई सामाजिक सञ्जालमा चर्चित अभियान्ता मुकुन्द घिमिरे ‘मुकुन्दे’ ले सहयोग रकम हस्तान्तरण गरेका छन् । सोमबार बिहान सिन्धुपाल्चोकको लिदी पहिरोस्थल मै पुगेर हेम थापा फाउन्डेसनको सहयोग रकम ९० हजार नेपाली रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
इन्द्रेणी टोली कृष्ण कँडेलका साथ पीडितहरुलाई रकम हस्तान्तरण गरिएको ‘मुकुन्दे’ले जनाएका छन् । पिडितलाई केही राहत पुगोस भन्ने उदेश्यले सामाजिक अभियान्ता घिमिरेको संयोजनमा पहिरो आइतबार नै पहिरो प्रभावित क्षेत्रमा पुगेका मुकुन्देको टोलीले स्थलगत निरिक्षण समेत गरेको थियो ।
उनले यसअघि पनि सिन्धुपाल्चोकको बाह्रबिसे बाढी पिडितलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका थिए । लिदी पहिरोमा ३८ जना वेपत्ता भएपनि केहिको शव अझै भेटिएको छैन् । आइतबारसम्म १९ जनाको शव भेटिएको छ भने अन्यको खोजी जारी रहेको छ ।
उक्त कार्यका लागि नेपाल शाकाहारी पार्टीका संयोजक राधे खड्काले सहयोगी भुमिका निर्वाह गरेका थिए । बुधबार राति भोटेकोसीमा बाढी आएसँगै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका९५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा १५ घर बगाएको थियो । बाढीले बस्तीका १५ भन्दा बढि ब्यक्तिहरु बेपत्ता बनाएकोमा दुई जनाको शव फेला परेको छ ।
बेपत्ताहरुको खोजि कार्य अझै जारी छ । बाढिले बस्ती तथा खाद्यान्न बगाउँनुका साथै मानिस बेपत्ता पारेपछि स्थानिय यतिबेला शोकमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *