मनिस श्रेष्ठ | काठमाडौं |
२०७५ साउन १० गते घरबाट हराएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव साउन ११ गते बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो। निजको बलात्कार पछि हत्या भएको 750 दिनभन्दा धेरै भैसक्दा पनि हालसम्म दोषी ठहर भएको छैन भने गएको दुई- तीन दिन यता सामाजिक संजालमा ह्यास ट्याग निर्मलाको निम्ति न्याय (#JusticeForNirmala) लेखेर समाजिक संजाल तातिएको छ। र यो कुनै नौलो कुरा भने होइन, नौलो कुरा के छ भने यस पटक निर्मलाको फोटो सामाजिक संजालमा मात्र नराखी सम्मानिय प्रधानमन्त्री केपि ओलिको अफिसियल फेसबुक पेजको तस्बिरमा हाल तीन लाख भन्दा बढि #JusticeForNirmala लेखेको अधिकांस कमेन्ट पढ्न पाइन्छ।
त्यसै गरि पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिरमा पनि सोही अनुरुप कमेन्ट देख्न सकिन्छ। 3 करोड नेपालिको मनमा बस्न सफल पत्रकार रबि लामिछानेको तस्बिरमा समेत ‘बिर्सिनु भयो क्याहो #JusticeForNirmala” इत्यादि कमेन्ट गरिएको छ। त्यसैगरी राजनितिमा संलग्न बरिस्ठ नेताहरुको फोटोमा सोही अनुरुपको अमेन्ट पढ्न पाइन्छ । यसरी सरकारलाई सामाजिक संजाल मार्फत घचघचाएको भने पहिलो पल्ट होइन। अधिकांस युवाहरु रहेको यस अभियानले देशको कदम कदमा युहाहरुले खवरदारी राख्छ भन्ने कुरको उदाहरण हो। सरकरको राम्रो कुरको प्रशंसा गर्न पनि युवाहरु चुक्दैनन् ।