पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

Spread the love

पाटन अस्पतालमा एक कोरोना संक्रमितकाे मृत्यु भएको छ।

१२ दिनदेखि अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय पुरुषको केही समय अगाडि मृत्यु भएको अस्पताल स्राेतले जनाएकाे छ।

गंगालाल अस्पतालमा मुटुको अपरेशन गरेपछि ती पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट १ सय ४ जनाको मृत्यु भएको छ।

आइतबार मात्रै देशभर ६ सय ४१ संक्रमित थपिएका छन् भने काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *