ललितपुरको ग्वार्काेस्थित बिएण्डबी अस्पतालका तीन जना नर्सलाई कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमण भएको छ ।
साउन २९ गते अस्पतालमा एक बिरामीको उपचारमा संलग्न ३ नर्सलाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुर स्रोतले जानकारी दिएको छ ।
संक्रमण पुष्टि भएका २४,२८ र ३० वर्षका तीन जना नर्स होम आइसोलेसनमा रहेको र हाल उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको जनाइएको छ ।