कक्षा १२ को परिक्षा पनि रद्द ? मुल्याङ्कन गर्ने जिम्मा बिधालयलाइ नै

Spread the love

कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ।

परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो लगाइने भएको हो। यो विषयको निकास पाए विद्यार्थीलाई स्नातक तह अध्ययन गर्ने बाटो खुल्नेछ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा १२ का विद्यार्थीको परीक्षा सञ्चालन तथा प्रमाणीकरणका बारेमा सरकारसित निरन्तर संवाद भइरहेको र अब केही दिनमै निकास दिने गरी तयारी भइरहेको जानकारी दिए। यो खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

कक्षा १२ का विद्यार्थीको परीक्षा कुन तरिकाबाट सञ्चालन गरेर नतिजा प्रकाशन गर्ने भन्नेमा विभिन्न विकल्पमा छलफल सुरु गरिएको छ। केही समयअघि दसैँअघि पुरानै तरिकाबाट विद्यार्थीको परीक्षा सक्ने र नतिजा प्रकाशन गर्ने तयारी गरिएको थियो । तर अब त्यो सम्भावना टरेको बताइएको छ।

अब विकल्पका रूपमा कक्षा ११ कै जसरी विद्यार्थीको मूल्याङ्कनको अन्तिम अधिकार विद्यालयलाई दिने विषयमा छलफल भइरहेको छ। कक्षा १२ मा विद्यार्थीको परीक्षा लिनैपर्ने प्रावधान भएकाले परीक्षाको विकल्पलाई कसरी खुलाउने भन्ने हिसाबमा आफूहरू छलफलमा जुटेको उनले बताए।

यसका लागि पटक पटक गरेर परीक्षा लिने, अनलाइन या अन्य माध्यमको प्रयोग गरेर परीक्षाको प्रक्रिया पूरा गर्ने विषयमा छलफल थालिएको र छिट्टै निर्णय लिने जनाइएको छ।

यस खालको नीतिगत निर्णय लिने अधिकार हाल बोर्डमा नरहेकाले सरकारसित अधिकार दिन बोर्डले माग गरेको छ । स्वतन्त्र तरिकाले काम गर्न सकिएको अवस्थामा कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन तथा प्रमाणीकरण गरी बाटो खोल्ने सोचमा आफूहरू रहेको जानकारी बोर्डका अध्यक्ष पौडेलले दिए।

@HIMALPOST

5 thoughts on “कक्षा १२ को परिक्षा पनि रद्द ? मुल्याङ्कन गर्ने जिम्मा बिधालयलाइ नै

  1. So frustrating
    I dont have any books
    My all books and notes are in my room
    How to pass the exam
    Sarkar nai khatey xa NEB ni SEE 2074 ma tetro le suicide garea marks nai ulto haldera aaba sucide case student ko yeti badxa marks kasaiko expectation anusar aaudaina yespali

  2. Our first priority is health..during this covid-19,government shouldnot allowed to make a examination.in my areas there is increase in number of victim people of corono virus…

  3. +2 पास भएपछि पनि कुन चाहिँ विश्व विद्यालयमा स्नातकमा एडमिसन हुन्छ र। अवस्था सामान्य नभए सम्म केही हुँदैन। त्यसैले 12 को परिक्षाको महत्व कम गर्ने काम नगरौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *