अभिनयमा चर्चा बटुल्दै चाँदनि गिरि

Spread the love

सौगात छेत्रि । केहि दिन यता चादनि गिरि नाम कता कता मिडियाहरुमा सुनिन थालेको छ । मेकअप आर्टिस्टको रुपमा कला क्षेत्रमा प्रवेश गरेकी चाँदनी गायनमा पनि रुची राख्छिन । पछिल्लोपटक भने उनी अभिनय यात्रामा लागेकी हुन । कैलालीमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएकी चाँदनी अनियलाई शरीर मर्काउने काम मात्रै नभएको बताउँदै भन्छिन, ‘हरेक अभिनयमा कुनै न कुनै भाषा हुन्छ । त्यो भाषा प्रस्तुत गर्ने कलामा विस्तारै अब्बल हुँदैछु ।’

एक अब्बल कलाकार बन्ने सपना बुनेर यस क्षेत्रमा पाइला राखेकी गिरी आफ्नो अभिनय यात्रालाई निरन्तरता दिँदै मिहेनत गरिरहेको बताउँछिन । उनले अहिलेसम्म दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । ‘दिलका कुनामा’ बोलको भिडियोबाट अभिनयमा डेब्यू गरेकी चाँदनी हाल थुप्रै म्युजिक भिडियोमा अभिनय गर्नका लागि अनुबन्धित रहेको बताउँछिन ।

अवसरहरु तमाम आए पनि आफू राम्रो विषय हेरेर मात्र हात हाल्ने गरेको उनी बताउँछिन । ‘म आफ्नो शीप र क्षमता विस्तारै विकास गर्दैछु,’ अक्षरपाटीसँग भनिन, ‘कला शरीर प्रदर्शन मात्र होइन, यसमा भाव र लय पनि हुनुपर्छ, म त्यो सिक्दै छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *