बार्षिक कार्यक्रम अन्तरगत ” हाम्रो पोखरा कास्कि” द्वारा बृद्धाश्रममा खाद्यान्न बितरण कार्यक्रम सम्पन्न

Spread the love

सौगात छेत्रि । `सामाजिक युवाहरुको एकता,समाज परिवर्तनमा हाम्रो प्रतिबद्धता ´´ भन्ने मुल नाराको साथ स्थापित भएको सस्था हाम्रो पोखरा कास्कीले बार्षिक कार्यक्रम अन्तर्गत पोखरा लेखनाथमा रहेको श्री कृष्ण प्रणामी मन्दिर बृद्ध तथा बाल आश्रममा रहनुभएको आमाबुबा हरुको लागि केही खाधान्न तथा फलफुल बितरण कार्यक्रम सम्पन्न गरेको छ।
हाम्रो पोखराको कास्किका सस्थापक अनिल जङ्ग पौडेलको सभापतित्व्मा आयोजना गरिएको कार्यक्रममा करिव १५,००० रुपैयाँ बराबरको खाद्यान्न तथा फलफुल बितरण गरिएको थियो।पोखरा बाट यति टाढासम्म सम्झेर सहयोग गर्न आउनुभयो भनेर खुसी प्रकट गर्दै उक्त आश्रमले आयोजना गर्न लागेको महायज्ञ मा हाम्रो पोखरा कास्कीको सहयोगको आवस्यक को अपेक्षा राखेको श्री कृष्ण प्रणामी मन्दिर बृद्ध तथा बाल आश्रमका संयोजक दुर्गा प्रसाद गौतमले बताउनुभयो।हाम्रो पोखरा कास्किका शुभचिन्तक,सल्लाहकार , सदस्यहरु र हाम्रो पोखरा कास्कीको कोषबाट उक्त सहयोगको लागि रकम सङकलन गरिएको हाम्रो पोखरा कास्किका सचिब सफल पौडेलले जानकारी गराउनुभयो।
यसअघी पनि २०७५ सालको देउसी भैलो बाट सङ्कलन भएको रकमबाट उक्त आश्रममा रहनुभएकाआमा,बुवाहरुको लागि न्यानो कपडा,फलफुल तथा खाधान्न सहयोग गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *