HFH टिम बुटवलद्वारा अभावमा रहेको बृदाश्रमलाइ खाद्यान्न हस्तान्तरण सम्पन्न

Spread the love

PAWAN SHARMA
SAINAMAINA -06,RUPENDEHI

तपाइँको सानो सहयोगले कसैको मुहारमा मुस्कान आउँछ भने किन नगर्ने ? पछिल्लो केही समय देखि नेपालको विभिन्न ठाउँहरुमा सामाजिक कार्य , आकस्मिक अवस्थामा ब्लड डोनेसन तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामाग्री उपलब्ध गराउदै आईरहेको छ । सामाजिक कार्यको यात्रा कै क्रममा Help For Happiness [HFH] Team Butwal ले “हृदयको आँखा” कार्यक्रम अन्तरगत पारिवारिक समस्या तथा आर्थिक कारणले बृद्धआश्रम को आश्रयमा पुग्नु भएको तपाईं हाम्रो समाजको आमा बुवा तथा अबिभावक हरुलाई लकडाउनको कारणले दैनिक रुपमा खाने खानेकुरा हरु समेत अभाव हुन गएको कुरा सुन्नमा आएको थियो र लगतै बुटवलका केही समाजिक अभियन्ताहरु द्वारा hfh संस्थामा आवद्ध भएर सहयोगी मन लिएर मिति २०७७-०४-१० का दिन बुटवलमा अवस्थित श्री सिध्दबाबा दुर्गा भवानी शिब कुमारी शैजू बृद्दाआश्रम ,पुरानो फुलबारि
मा केही खाध्यन्न तथा फल्फुल बोकेर त्यहा पुगेको थियो ।

कार्यक्रमको सुरुवातिमा Hfh को काम र गतिविधि बारे टिम बुटवलकि सचिव मन्जु घिमिरेले अाफ्ना भनाइ समेत राख्नुभको थियो । अनुमानित १५ हजार बराबरको खाद्यान्न हस्तान्तरण गरे पस्चात अाश्रमले अाफुहरुलाइ एकदमै ठुलो राहत भको कुरा बताउनुभको थ्यो । टिम बुटवलका ११ जना सक्रिय सदस्यहरुको उपस्थितिमा उक्त सामाग्रिहरु अाश्रममै गइ हस्तान्तरण गरिएको थियो । आगमी दिनमा पनि यसरी नै सहयोग गर्ने छौ भन्ने बाचाका साथ सम्पुर्ण अस्राम परिवारलाई जनाएका छौ ।

” TOGETHER WE CAN BRING SMIL”

Leave a Reply

Your email address will not be published. Required fields are marked *