नारि दिवशकै दिन नारि माथि Acid प्रहार :

Spread the love

कपिलवस्तु ,फागुन २च

पिलबस्तुको महराजगंज नगरपालिका एक स्थित महराजगंज चोकमा एसिड प्रहारबाट एक महिला घाइते भएकी छिन ।
सामान्य लेनदेनको बिषयलाई लिएर कपिलबस्तु महराज नगरपालिका बस्ने बेदमातादेबी गुप्तामाथि एसिड प्रहार भएको छ । एसिड प्रहारबाट ४१ बार्षिय गुप्ताको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

एसीड प्रहार बाट घाइते गुप्तालाई उपचारकालागी भैरहवा मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ । क्रिकेट ब्याडको बिषयमा बिवाद बढेपर्छी छिमेकी हरी नारायण बराईले एसिड प्रहार गरेका हुन । बराईको क्रिकेट ब्याड भाचे पछि ब्याडको पैसा तिर्नु पर्ने भन्दै विबाद बढेको थियो । बराई ब्याट्रि मर्मत गर्ने पसल संचालन गर्दै आएका छन् ।

एसिड प्रहार गर्ने बराई लाई प्रहरीले नियन्त्रणमा लीएको छ । प्रहरीले बराईको पसलबाट ६ लिटर एसिड समेत बरामद गरेको छ । बराई माथी ज्यानमार्नै मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *