छोटो समयमा मिलियन भ्युज पार गर्न सफल चक्र बम र टिकटक स्टार गिताको ” अोए काजल ” ………… भिडियो सहित

Spread the love

कैलालि , सौगात छेत्रि

बर्षौँदेखि लोकदोहोरि सहित देउडा गितलाइ थप उचाइमा पुगाउन सफल एक सुदुरपश्चिमेलि कलाकार हुन चक्र बम । यतसबेला उनले “अोए काजल ” सार्वजनिक गरेका छन । प्राय : रक धारका गीत सङ्गीतमा रुचि राख्ने बमको यस गितमा आफ्नै शब्द, सङ्गीत र स्वर छ । भिडियोमा गाएक बम सहित र टिकटक स्टार गीता ढुङ्गाना छिन् ।

चक्र बम अहिले नेपाली संगीत बजारमा चर्चाको शिखरमा छन् । उसो त अहिले मात्रै उनि चर्चामा छन् भन्ने त होईन, तर यति बेला उनको चर्चा थप चुलिएको छ । गायन संगसंगै मोडलिङ तथा सिर्जनमा पोख्त बम लामो समय देखि गायनमा सक्रिय छन् ।

विशेष गरि सुदूर तथा मध्य पश्चिममा उनको चर्चा बढि छ । निश्चय पनि उनि मुलुकको पश्चिमी क्षेत्रमा जन्मिएर नेपाली कलाकारितामा उदाएका हुन् । त्यस काराण पनि उनि त्यो क्षेत्रमा धेरै परिचित छन् ।

तर यति भन्दै गर्दा उनि त्यहाँ मात्रै सिमित छन् भन्न भने खोजेको पटक्कै होईन् । धेरै थोरै संख्यात्मक हिशावले केहि फरक पर्ला । उनले गर्ने कलाकारितामा तुलनात्मकरुपमा पश्चिमेली परिवेशमा बढि देखिन्छ ।

उनले देउडा गीत देखि लोक पप गीत गाउछन् । उनका गीतमा पश्चिमेली भाषाका हुन्छन् । त्यहि भाषामा उनले गीतमा आधुनिकपन दिइएरहेका छन् । उनका सृजनालाई निकै रुचाइएको छ । यसका अलवा केहि कुराहरुमा आलोचना पनि हुन्छ ।

उनका गीत दर्शक श्रोताले निक्कै रुचाएका छन् । धेरै गीतहरु बमका चर्चामा पनि छन् । पछिल्लो केहि दिन यता उनको ‘गाजल’ बोलको गीतले उनलाई राम्रो उत्साह प्रदान गरिरहेको उनि बताउछन् ।

टिकटक देखि धेरैका ओठ–ओठमा गाजल गुन्जयमान भैरहेको छ । टिकटकमा पनि गाजलको चर्चा निक्कै छ । बम दर्शक स्रोताको सकरात्मक प्रतिक्रिया र मायाले प्रफुल्ल छन् ।

बमसंगै गीताको अभिनय र नृत्यको पनि चर्चा हुन थालेको छ । उनि पनि अहिले गीतमा मोड्लीङमा व्यस्त छन् ।
कलाकार तथा रंग पत्रकार चीरञ्जीवि सापकोटाको ‘जात’ बोलको गीतबाट मोड्लिङमा डेव्यु गरेकि गीताले त्यसपछि केहि चर्चित कलाकारसंग काम गरिरहेकि छन् ।

उनले बम सहित चर्चित कलाकार टंक तिमिल्सैना, प्रविशा अधिकारी लगाएतका कलाकारसंग सहकार्य गर्ने अवसर पाएकि छन् ।

भिडियो हेर्नुस :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *