दोलखमा पुरुषद्वारा पुरुषकै बलत्कार

Spread the love

भीमेश्वर नगरपालिका-३चरिकोटस्थित सदरमुकामकै छेउबाट १२ बर्षिय बालकलाई बलात्कार गरेको अभियोगमा एक २२बर्षिय पुरुष पक्राउ परेका छन् ।
भीमेश्वर नगरपालिका-३, स्थित आफ्नै घरमा
मंगलबार बेलुका फकाएर बोलाएर काकाको छोरा
१२ बर्षिय भाईलाई बलात्कार गरेको अभियोगमा २२
बर्षिय पुरुष पक्राउ परेका हुन् । गुदद्वारमा
अप्राकृतिक मैथुन गरेको भन्दै ति पुरुष विरुद्ध
किटानी जाहेरी परेको दोलखाका प्रहरी प्रमुख
डीएसपी रेवतीरमण पोखरेलले बताए ।

बलात्कारमा परेका बालकको गुदद्वारबाट रक्तश्राव
भएर चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र भर्ना भएर
बिहिबार डिस्चार्ज भए पछि अभिभावकको जिम्मा
लगाईएको डीएसपी पोखरेलले बताए । पक्राउ परेका
पुरुषलाई प्रारम्भिक सोधपुछ गर्दा बलात्कार गरेको
स्वीकार गरेको डीएसपी पोखरेलले जानकारी दिए ।
उनलाई दोलखा जिल्ला अदालतबाट १० दिनको
म्याद थपेर अनुसन्धान अघि बढाईएको उनले बताए।

बलात्कारमा परेका बालकको गुदद्वारबाट रक्तश्राव
भएर चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र भर्ना भएर
बिहिबार डिस्चार्ज भए पछि अभिभावकको जिम्मा
लगाईएको डीएसपी पोखरेलले बताए । पक्राउ परेका
पुरुषलाई प्रारम्भिक सोधपुछ गर्दा बलात्कार गरेको
स्वीकार गरेको डीएसपी पोखरेलले जानकारी दिए।
उनलाई दोलखा जिल्ला अदालतबाट १० दिनको
म्याद थपेर अनुसन्धान अघि बढाईएको उनले बताए ।
प्रहरीले बालकको चरिकोट प्राथमिक स्वास्थ्य

केन्द्रको रिपोर्ट बाहेक विभिन्न भौतिक बस्तुहरुलाइ
थप परीक्षणको लागि विधि विज्ञान प्रयोगशाला
काठमाण्डौं पठाएको छ ।
ति पुरुषलाई मुलुकी अपराध संहिता २०७४ को दफा
२२६ को उपदफा ३ बमोजिम मुद्दा चलाइने प्रहरीको
भनाई छ । उपदफा ३ मा बालबालिका बिरुद्ध
अप्राकृति मैथुन गर्नेलाई दफा २१९ बमोजिम १८
बर्षदेखि २० बर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

स्रोत : Dikshannews

Leave a Reply

Your email address will not be published. Required fields are marked *