प्रधानमन्त्रि के पि शर्मा वलिले पदबाट राजिनामा दिएको घोषणा गरेका छन । व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश
भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि
ओलीले आइतबार पदबाट राजीनामा दिएको
घोषणा हुन् । राष्ट्रपतिसमक्ष राजीनामा पेश
गरिसकेको प्रधानमन्त्री ओलीले सदनलाई
जानकारी दिएका छन् ।
एमाले अध्यक्ष समेत रहेका ओली गत असोज २४
गते नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित
भएका थिए।
नयाँ सरकार गठनका लागि कुनै अवरोध नहोस्
भनेर बाधा अड्काउ फुकाउका लागि सिफारिस
गरेको उनले संसदलाई जानकारी दिए । उनले
भने ‘यसले नयाँ प्रधानमन्त्री चयनका लागि बाटो
खुला गरेको छ।’