रुपन्देहिको सैनामैनामा सवारि दुर्घटनामा परि दुइ जनाको मृत्यु

Spread the love

पवन ज्ञवाली,सैनामैना-06

रुपन्देहीको सैनामैना नगरपालिकामा भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना वडा न.८ कलौनि शान्तिटोलमा कपिलबस्तुबाट बुटवल तर्फ जाँदै गरेको लु २ च ८५२९ नम्बरको कार र बिपरित दिशाबाट आइरहेको गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार सैनामैना वडा न.१ बस्ने वर्ष ३० का सन्तोष परियार र मोटरसाइकलमा सवार उनका बुबा ५० वर्षिय टेक बहादुर परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक उपरिक्षक प्रतित सिंह राठोरले जानकारी दिए ।

कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा रहेको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक दुवै जना बाबु छोरा हुन् । घटना आज दिउसो २ वजेको भएको हो ।कारमा ३ जना सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *