फेसबुक ग्रुप Photogenic world को पोखरा टिम द्वारा बृदाश्रममा खाद्यान्न बितरण :

Spread the love

पोखरा , फाल्गुन २४

फेसबुक ग्रुप Photogenic World को टिम पोखराले अाफ्नो दोस्रो बार्षिक उत्सवको अवसर पारि पोखरा वडा नँ १४ स्थित वत्स्यायन बृदाश्रममा अाज “खाद्यान्न बितरण ” कार्यक्रम सम्पन्न गरेको छ । नारि दिवसको अवसर पारि उक्त टिमले करिव २० हजार बरावरको सामान हस्तान्तरण गरेको छ ।

फेसबुक ग्रुप Photogenic world को पोखरा टिम द्वारा बृदाश्रममा खाद्यान्न बितरण : 3

कार्यक्रमा अाश्रम कार्यलय सचिव युवराज वाग्ले प्रमुख अतिथि , काठमान्डौ सक्रिय सदस्य गिता रावत प्रमुख अतिथि र वडा नँ १४ का वडा अध्यक्ष प्रेम ब. कार्कि ज्यु बिशिष्ठ अतिथि रहनु भएको थियो ।
यसै गरि स्वागत मन्तब्य एन्जल लोहनि , सँस्थाका गतिबिधि बारे जानकारि काठमान्डौ टिमकि सदस्य सरु जि ले दिनु भएको थियो भने कार्यक्रम सँचालन सौगात छेत्रिले गर्नु भएको थियो ।

कार्यक्रमलाइ प्रत्यक्ष , अप्रत्यक्ष सफल पार्न भुमिका खेल्ने सदस्यहरुलाइ सम्मान समेत गरिएको थियो । वडा अध्यक्ष ज्यूको हातबाट “Active member of team pokhara ” को सम्मान राज सापकोटा अनि सबैभन्दा बढि रकम सहयोग गरेकोमा दिपा ठकुरि ज्युलाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा Founder admin भुवन अधिकारि लगाएत अन्य थुप्रै टिम पोखराका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *