घो . न . पा ६ को वडा कार्यालय निर्माणको बिषय फेरि पनि बिवादमा,डम्मर थापा सहितको टोलिले बुझायो मेयरलाइ ग्यापनपत्र

Spread the love

बिवादित वडा कार्यलयको बिषयलाइ लिएर घो न पा वडा नं छ का युवाहरुले अाज ग्यापन पत्र बुझाएका छन । समाजसेवि तथा बुद्दिजिवि डम्बर थापाको नेतृत्व सहितको टिमले वडा कार्यलय अपाइ पर्ने ठाउँमा निर्माण भैरहेको र यो समग्र वडा बासिलाइ उपयुक्त नरहेको भन्दै नगर प्रमुख ममता चौधरिलाइ उहाँकै कार्यलयमा ग्यापन पत्र बुझाएका छन ।

जनताको अाम भेलाले दुइ पटकसम्म वडाको केन्द्रबिन्दु मानिने प्रतिखेत मैदानलाइ वडा कार्यलयको लागि सिफारिस गरेको थियो । स्वयम मेयर ममता प्रसाद चौधरि ज्यु र निरिक्षण टोलिले समेत प्रतिखेतलाइ उपयुक्त मानेर वडा कार्यलय तोक्दा पनि वडा अध्यक्ष ,केहि प्रतिनिधिहरु र केहि नेताहरुले यसलाइ रद्द गरि होटेलमा बसेर बसन्तालाइ प्रथामिकता दिएर काम सुरु गरे । जुन छेत्र भवन नापि प्राबिधिकले समेत उपयुक्त नरहेको दावि गरेका थिए ।

बसन्ता जनतालाइ पाइ नपर्ने तथा सेवासुविधा लिन अफ्ठ्यारो हुने भएकाले जनता र वडाको समृद्दिको लागि प्रतिखेतमा नै वडा कार्यलय हुन पर्ने जनताहरुको दावि छ । सरकार पक्ष र जनताको यस बिषयमा बिवाद निकै लामो छ ।
जनताको अावाजलाइ अात्मसाथ गर्दै समाजसेवि डम्बर थापाले उक्त बिषयलाइ लिएर उच्च अदालत सम्म मुद्दा पुगाएका थिए । तर एकाएक भवन निर्माणको काम वडाको एउटा कुनामा हुदै गर्दा युवाहरुले डम्मर थापाको नेतृत्वमा चिन्तन ब्याक्त गर्दै वडा कार्यलय केन्द्रबिन्दु मानिने प्रतिखेत मैदानमा हुनपर्छ भन्दै ग्यापन पत्र बुझाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *