खैरहनी नगरपालीका वाडा नं ४ आयोजना बिरूध्ध अख्तियारमा उजुरी

Spread the love

सन्दिप गुनी,-१० चितवन-  चितवनको खैरहनि नगरपालिका ४ मा निमार्ण भईरहेको २ आयोजना बिरुद्द अख्तियारमा ऊजुरी दर्ता भएको छ । वडामा निर्माण भईरहेको वडा कार्यलय भबन र कंकालि नहर बिरुद्द आर्थिक अनियमितता र ढिलासुस्ति भएको भन्दै वडाकै एक युबाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटाैँडामा उजुरी दर्ता दिएका हुन । कार्यलयको भबन तोकिएको समय भन्दा निकै पछाडी निर्माण सम्पन्न गर्दा पनि कमजोर कच्चा पदार्थ र टुक्रा ईट्ठा प्रयोग गरेर बिनाकुनै सुरक्षा निति नै काम गरेको बताईएको छ ।

भबन निर्माण गर्दा सडक र कार्यलय भबनको दुुरी मापदण्ड अनुसार नछोडि निर्माण गरिएको हो । त्यस्तै कार्यलयको तेश्रो तल्ला निर्माण गर्दा पनि खैरहनि नगरपालिकाकै ईन्जिनिएर र ठेगदारको मिलिमतोमा आर्थिक चलखेल भएको आरोप लगाईएको छ । समय अबधि भन्दा बढि समय लगाएर भबन निर्माण सम्पन्न गर्दा पनि जरिवना शुल्क नतिरेको र नलिएको आरोप बडा बिरुद्द लागेको हो ।

यता कंकाली कुलो निर्माणमा पनि अनियमितता भएको बताईको छ । कुलो निर्माणको लागी नगरपालिका बाट बिनियोजित भएको बजेट कुलोको मुल समितिले निर्माण समितिनै गठन नगरिकन पटक-पटक एउटै ब्यक्ति बिशेषलाई घटि-घटाउ कम रेट दर नगरिकन सिमित ब्यक्तिहरुले नियम बिपरित काम गरेको आरोप पनि लागेको छ ।

२ लाख रुपैँया संस्थालाई दिनेगरि सिमित ब्यक्तिका फाईदाको लागी कृषि सडकको नाममा सरकारी बजेटमा प्लटिङ गरिनुका साथै आबश्यक लाईनिङ नगरिकन बाटो निर्माण गरिएको भन्दै आबश्यक छानबिन सँगै दोषीलाई नियम अनुसारको कार्बाहिको माग गर्दै उजुरी दर्ता गरिएको हो ।खैरहनी नगरपालीका वाडा नं ४ आयोजना बिरूध्ध अख्तियारमा उजुरी 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *