100 % PCR , MCC तथा नयाँ नक्सा सार्वजनिकका बिषयहरु लिएर युवाहरुद्वारा प्रर्दशन

Spread the love

कपिलवस्तु , नेपालपवन ज्ञवालिसरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको कामप्रति असन्तुष्टि जनाउदै देशभर प्रदर्शन भै रहेको छ। यसै क्रममा आज कपिलवस्तुको वाणगंगा नगरपालिकाको जीतपुर चारनम्बरमा प्रदर्शन भएको छ । कोरोना रोकथाममा सरकारले गरेको खर्च विवरण पारदर्शी बनाउन, क्वारेन्टिन स्थल मापदण्डन अनुसार बनाउन र पीसीआर परिक्षणपछि मात्रै क्वारेन्टिनबाट बाहिर जान दिने व्यवस्था मिलाउन, MCC खारेज, रूकुम घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन भएको हो। आन्दोलनको नेतृत्व कसैले नगरेको र स्वतरूपमा यूवाहरूले पर्दशन गरेको स्थानीय चन्द्रकान्त पोखरेल र निर्मल शर्माले बताए ।100 % PCR , MCC तथा नयाँ नक्सा सार्वजनिकका बिषयहरु लिएर युवाहरुद्वारा प्रर्दशन 1कपिलवस्तुको वाणगंगा नगरपालिको Rotary भवन देखि चार नम्बर जीतपुर चोकसम्म शान्तिपूर्ण प्रदर्शन भएको हो ।जस्मा देश प्रतीको माया र नयाँ नक्साको स्वागत गर्न भनि करिब 400 जनाको उपस्तिथि थियो।प्रदर्शनमा सरकारले नयाँ नक्शा जारी गरेकोमा सरकारलाई धन्यवाद दिएका थिए भने सरकारले कोरोना नियन्त्रण उचित कदम नचालेको, अनियमितता गरेको, क्वारेन्टाइनहरु व्यवस्थित गर्न नसकेको र पिसिआर परिक्षणको दायरा बढाउन समेत माग गरेका छन् स्थानिय वसिन्दा निर्मल शर्माले बाताएका छ्न ।उहाको भनाई अनुसार
सरकारको राम्रो कामको समर्थन र गलत कामलाई खबरदारी गर्ने हाम्रो कर्तव्य हो ।100 % PCR , MCC तथा नयाँ नक्सा सार्वजनिकका बिषयहरु लिएर युवाहरुद्वारा प्रर्दशन 2हाम्रो देशको स्वादिनता हाम्रो सार्भभौम सत्तामा अलिकति पनि आंच आउने काम हुँदा युवाको आवाज उठ्न जरुरी छ ।
रास्ट्र रहे मात्र हामी रहन्छौं।❣️
#जय_देश 🇳🇵

Leave a Reply

Your email address will not be published. Required fields are marked *