” देउडालाइ नेपालि फिल्म बराबरको उचाइमा लिन चाहान्छु ” :- निर्देशक जि. बि अाग्रि

Spread the love

सुदुरपश्चिममा जन्मी हुर्की आफ्नो कर्मथलो काठमाडौलाई बनाएका फिल्म निर्देशक जिबि आग्रीले पछिल्लो समय निर्देशन गरेको देउडा गीत ” तेरो मेरो ” को म्युजिक भिडियो गत सनिवार रिलिज गरीएको छ । दस मिनेट सोह्र सेकेन्ड लामो सो भिडियो रागभिजन मल्टिमुभिजको प्रस्तुति हो भने भिडियोलाई विशेष फिल्मसले युटुबमा रिलिज गरेको हो ।

नेपाली ठूलो पर्दाका फिल्म र आधुनिक गितको दर्जनभन्दा बढी भिडियोमा निर्देशन गरिसकेका निर्देशक आग्रीले पहिलो चोटि देउडा गितमा काम गरेका हुन । दर्शकका अनुसार उक्त गितले देउडाको स्वाद नै बदलेको बताएका छन । देउडा गितलाइ यो भन्दा अझै उचाइमा लाने निर्देशक अाग्रिको सपना छ । “सुदुरपश्चिमको देउडा संस्कृति प्रतिको सम्मान र मोहले गर्दा देउडा म्युजिक भिडियोमा पहिलो चोटि निर्देशन गरेको हुँ” निर्देशक आग्रीले बताए ।
“मेरो जन्मस्थान र माटोको सुगन्ध समेटीएको देउडामा काम गर्न पाउँदा उत्साहीत छु।”
सो देउडा गीतमा रेखा जोशी र हिक्मत अविरलले आवाज दिएका छ्न । त्यसैगरी ध्रुव बिस्कोको रचना र संगित रहेको सो गीतमा जगत तिरुवाले र्‍याप गायन गरेका हुन ।
भिडियोमा कोरियोग्राफी नारान ठकुरी(कालभैरव) को रहेको छ भने दयाशंकर चौधरीको छायांकन र सिलन लम्सालको सम्पादन रहेको छ ।
सुदुरपश्चिममा निकै चर्चामा रहेका मोडलहरु सुशीलजङ्ग कुँवर, विवेकनाथ कुँवर, आरोही कर्मा र सुस्मिता कुँवरको अभिनय भिडियोमा देख्न सकिन्छ ।

पुरानो देउडा सैलि भन्दा अलि फरक कोसिश गरेको छु । उक्त मेहेनेत र लगनशिलताले दर्शको माया पाउने कुरामा अाग्रि ढुक्क छन । दर्शकहरुको साथ हौसला र मायाले म अाज यो ठाउँमा छु र भोलिका दिनमा देउडा गितलाइ नेपालि चलचित्रको बराबरि उचाइमा पुगााउने बताए ।

Full video :

https://youtu.be/luTSNSYZdgo

Leave a Reply

Your email address will not be published. Required fields are marked *