क्वारेनटाइनको अभावका कारण अभियान्ता सौगात छेत्रिको सँयोजकत्वमा टहरा निर्माण गरिदै

Spread the love

घोडाघोडि न.पा वडा नं ६ मा भारतबाट अाउने ब्याक्तिहरुलाइ राख्नका निम्ति क्वारेनटाइनको अभाव देखिएको छ । अनुमानित १८०० को नामावलि सङ्कलन भएता पनि हालसम्म २२० जना मात्र वडामा भित्रिसकेका छन । वडामा अवस्थित २ वटा विधालयको भवनमा २२० जनालाइ धान्न सकिरहेको अवस्था छैन । यसै समस्यालाइ मध्यनजर गर्दै वडा सरकारको पहलमा युवा अभियान्ता सौगात छेत्रिको संयोजकत्वमा युवाहरुले टहरा निर्माणको कामलाइ अघि सारेका छन ।

अव अाउने ब्याक्तिहरुका लागि टहरासँगसँगै खानेपानि र शौचालय समेतको अभाव रहने अवस्था वडामा छ । २२० जनालाइ राख्न अपुग भवन भएको वडा नं छ मा थप १६०० जनालाइ कता लगेर राख्ला त ? यो एक चिन्ताको विषय बनेको छ । भवन अभाव भएपछि बर्थिङ्ग सेन्टर र स्वास्थ्य चौकिका भवनहरु प्रयोग गरिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *