सुखडमा खानेपानिको समस्या , जनजिवन पिडामा

Spread the love

खानेपानी समस्या अझै केहि दिन यथावत रहने ,,दरख सुखड खानेपानी संस्थानको भनाइ

कैलालीको घोडाघोडी नगरपालिका सुमा रहेको दरख सुखड खानेपानी संस्थाले वितरण गर्दै आइरहेको खानेपानीमा देखिएको समस्या अझै केहि दिन यथावत रहने भएको छ । खानेपानी संस्थाको घोडाघोडी नगरपालिका वडा–१, सुखड र वडा–२, साडेपानीमा गरि दुइ÷दुइ लाख लिटर क्षेमता गरि चार लाख लिटर क्षेमता भएका पानी ट्याङ्की हुदा समेत हाल संस्थानले सुखडमा रहेको वोरिङगको मात्र प्रयोग हुदै आएकोमा अहिले उक्त वोरिङगमा समेत समस्या देखिएको हुनाले समस्या उत्पन्न भएको खानेपानी संस्थाले जानकारी गराएको छ ।
वोरिङगको पानीलाइ शुद्धिकरण गर्न प्रयोग गरिने उपकरण भित्र प्रयोग हुने मिडिया मा केहि समस्या उत्पन्न भएको हुदा र तत्काल आफुहरुले चाहेर मात्र उपलब्ध हुने विषय नभएकाले खानेपानीलाइ नियमित गर्न अझै केहि दिन लाग्ने दरख सुखड खानेपानी संस्थाका अध्यक्ष निरज मल्लले बताएका छन । बैशाख, जेष्ठ र असार गर्मीको समय भएकाले पनि जमिन मुनी पानीको स्रोत समेत घट्ने, बाटोनिर्माण भैरहेका ठाउहरुमा जताततै पाइलाइन फुटेकाले पनि खानेपानी नियमित आपूर्ती गराउनमा समेत संस्थानलाइ समस्या सृर्जना भैरहेको खानेपानी संस्थानले बताएको छ ।
तर नियमित खानेपानी आपूर्ति नभएको प्रति उपभोक्तहरुले आक्रोस समेत व्यक्त गरेका छन् । उपलब्ध खानेपानीलाइ समेत व्यवस्थीत प्रणालीको अवलम्बन गरि वितरणलाइ प्रभावकारी बनाउन सके अहिले उपलब्ध खानेपानी बाट पनि केहि हद सम्म उपभोक्तहरुको समस्या समाधान भएर जाने हुदा समेत यस कुरा तर्फ संस्थान जिम्मेवार नदेखिएको उपभोक्ताले आरोप लगाउदै आएका छन ।
वितरण गरिएको खानेपानीलाइ पछिल्लो समयमा उपोभोक्ताहरुले खेतबारीमा समेत प्रयोग गर्ने गरेको अधिकास ठाउमा पाइएको हुदा समेत यस्ता कार्यले पनि खानेपानी समस्या उत्पन्न हुने भएकाले अतिआवश्क भन्दा बाहेक का कामहरुमा खानेपानी प्रयोग नगरिदिन समेत खानेपानी संस्थाले सम्र्पूण उपभोक्ताहरुमा अनुरोध समेत गरेको छ ।
त्यस्तै, मंगलबार दरख सुखड खानेपानीले अन्डरग्राउण्ड खानेपानी ट्याङ्कीको शिलान्यास गरेको छ । उपभोक्ता हरुको खानेपानीको समस्यालाई मध्यनजर गर्दै उक्त ट्याङ्की निर्माण गर्न लागिएको खानेपानी संस्थानले बताएको छ । करिब तिन हजार उपभोक्ता रहेको खानेपानी संस्थाले बढ्दो उपभोक्तको चापलाइ ध्यानमा राख्दै खानेपानीलाइ विस्तारलाइ प्रभावकारी बनाउने उदेश्यले असार मसान्त सम्म निर्माण कार्य सक्ने गरि करिब ५ लाख लिटर क्षमताको अन्डरग्राउन्ड खानेपानी ट्याङ्की निर्माण कार्य सांसद विकास कोषको ५५ लाख सहयोगमा अगाढि बढाएको छ ।
सुखडमा पनि जिल्ला समन्वय समितिको ४१ लाख लगानीमा सोहि क्षमता बराबरको ट्याङ्की निर्माण गर्न सम्बन्धमा बोल पत्र आहवान भै सकेकाले छिटै निर्माण कार्य अगाढि बढाइने दरख सुखड खानेपानी संस्थानले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *