गाएक प्रकाश सपुतले लेखे :- कि काट्छु कि काटिन्छु भनेर सिमाना जाँदै थिए , तर रुकुम पुगेर रोकिए !!

Spread the love

सरकार!
खुकुरी उदाएर निस्किएकै हो!
जान्छु देशको सिमानामा र थापिन्छु !
कि काट्छु कि काटिन्छु भनेर!
तर रुकुम पुगेर रोकिए!
सरकार!
त्यहा त झन कत्रो ठुलो पर्खाल रैछ नि ?
जातिए विभेदको!
वर्गिय विभेदको।
सिमाना भित्रैका यि पर्खालहरु भत्काउदा भत्काउदै
देशको सिमानामा पुग्न ढिलो भए भने
म राष्ट्रवादी मानिन्छु कि मानिन्न सरकार ?
देशभक्त मानिन्छु कि मानिन्न ?
सरकार!
उत्तर दिईहाल्नु भयो भने
यसको उत्तर पनि दिनु होला ।
म एक स्वाभिमानी नेपाली
यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ?
(नवराज तिमी संगै हाम्रो आत्मसम्मानको पनि मृत्यु भएको
छ।
हार्दिक श्रद्धांजलि ????
दलित भएकै कारण ! प्रेम गरेकै कारण मर्नु पर्ने नियति
देशकै लागि लज्जास्पद छ ! सारै दुखद छ । “कुरी -कुरी
समाज, कुरी कुरी कानुन!
!
!

Leave a Reply

Your email address will not be published. Required fields are marked *