– लिम्पियाधुरामा ध्यान विकेन्द्रित गरेर MCC लाई पारित गर्ने योजना !!
– अमेरीकी दूताबासका एजेन्टहरुबाट सभामुखलाई आतंकित पार्न सुरु !!
– षडयन्त्र अगाडी बढाईए ‘लक डाउन’ तोडेर सडकमा प्रतिरोध गर्नु पर्दछ !!
अमेरीकी दूताबासले आफ्ना एजेन्टहरु लगाएर MCC को फाईल अगाडी बढाउनका लागि सभामुखलाई धम्काउने प्रयास गरिरहेको छ। CIA बाट परिचालित कांग्रेस-एमालेभित्रका देशद्रोही सुराकीहरु लिम्पियाधुरामा ‘राष्ट्रवादी’ अडान देखाएर नेपालीहरुको सहानुभूति लिने र MCC पारित गर्ने अभियानमा लागेका छन्। अमेरीकी दूताबासले यसका लागि आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेको छ।
ईण्डियाले बनाएको नक्कली काली नदिलाई आधार बनाएर महाकाली सन्धि गर्ने कुतत्वहरुले सो सन्धि खारेज गर्ने कुनै चासो नदेखाई लिम्पियाधुराको प्रश्नमा सकारात्मक देखिने अडान राख्नुका पछाडि २ वटा कारणहरु छन्। एउटा कारण हो, MCC षडयन्त्रलाई विषयान्तर गरेर संसदबाट पारित गर्ने र अर्को हो, नेपालसंगको विवादमा कमजोर बन्दै गएका ईण्डियनहरुसंग अमेरीकाको वार्गेनिङ पावर बढाउने।
चीन र अमेरीकाका बिचमा लगभग सम्बन्ध टुटिसकेको अवस्था छ र दुबै देशहरु एकअर्कासंग लड्ने मानसिकतामा पुगिसकेका छन्। दक्षिण चीन सागरमा आशियान देशहरुलाई चीनसंग भिडाउन नसकेपछि अमेरीकाले नेपालबाट तिब्बतमा आक्रमण गर्ने योजनामा MCC ल्याएको हो। यो खम्पा विद्रोहबाट अनुभव संगालेर नेपालको भूगोल आफ्नै कानून अन्तर्गत् कब्जा गर्ने रणनीतिमा आएको कुरा स्पष्ट छ।
अब कसैले कुन कुरामा संका नगरे हुन्छ भने MCC अधिकृत क्षेत्रको उत्पादन र रोजगारीबाट नेपालको पहुँचलाई अलग गर्नुको कारण नै त्यस क्षेत्रमा युद्धजन्य सामग्रीहरु उत्पादन गर्ने र कामदारहरुका नाममा आफ्नै सेना ल्याएर राख्ने हो। MCC को पक्षमा काम गरिरहेका अपराधिहरु भाडामा लिईएका लम्पट कुतत्व हुन् र यीनीहरुले नेपाललाई युद्ध मैदान बनाउने मिशनमा काम गरिरहेका छन्।
कुरा Indo-Pacific सैन्य रणनीति र चीन विभाजनको योजनासंग मात्र सम्बन्धित छैन। नेपालले हेर्न नपाउने MCC को बैक एकाउन्टमा करोडौं डलर ल्याएर यहाँ आतंकवादको श्रीगणेश गर्ने योजना बनिसकेको छ। त्यही भएर अमेरीकाले नेपालमा ISIS को आक्रमणको खतरा रहेको हौवा चलाउन थालेको छ। MCC पारित हुनासाथ त्यसले तयार पारेका आतंकवादीहरुले हत्याहिंसा सुरु गर्नेछन्।
MCC पारित गर्नु भनेको नेपाललाई अनन्तकालसम्म हिंसा, हत्या, साम्प्रदायिकतामा फसाउनुका साथै दैनिक रुपमा अन्तर्राष्ट्रिय शक्तिहरुका मिशाईलहरु खस्ने जमिन बनाउनु हो। लिपुलेकमा बाटो उद्घाटन गराएर ईण्डियालाई नेपालसंग फसाउँदै जाने पनि अमेरीका हो। MCC अघी बढाउने संभावना देखा पर्यो भने ‘लक डाउन’को नाममा बन्धक भएर बस्ने अवस्था हुँदैन भन्नेतिर सबैको ध्यान जान जरुरी छ।
©BharatDahal