शिर्षक: ओए भाग्य, एउटा गिलास तेरै लागि हो!
अनलाइन कविता प्रतियोगिता २०७७”
दुई गिलास मगाउदै छु
ओए भाग्य आइज
एउटा गिलास तेरै लागि हो!!
मेनपावरहरु ले पर्खाइराछ मलाई
रोजगार दाता ले फर्काइराछ
बेरोजगारी को नाममा
परिवार ले थर्काइराछ
समाज ले हेपिराछ
भगवान ले देखि राछ
बिदेश टेक्न खोज्दा छातिमा
दलाली ले टेकि राछ!!
ओए भाग्य आइज न
एउटा गिलास तेरै लागि हो
मन्द छ
न सुर छ न छन्द छ
किन
हृदय को गति मन्द छ
अचम्म छ,
आफ्नै छोरा ले मलाइ
यो बाउ हैन भन्दछ
स्कुल को बिल तिर्न नसकेर होला
छोरै द्वारा मेरा लागि घरकै
ढोका बन्द छ।
ओए भाग्य
आइज न यार!
एउटा गिलास तेरै लागि हो!
तँ र म सङ्गै बसेर पिउनु पर्छ!
अरु लाई कान्तिपुर मा सुन परिराछ
मलाइ भात मा पनि दाल मा पनि घुन परिराछ
अन्तिम पाना मा फुल्बुट्टे हील स्यान्डल देख्छे छोरी
बिक्रीमा
म खोज्दछु हातिछापको साइज कुन परिराछ
उनको ओठमा मुस्कान हेर्न पाको छैन
नयाँ सारी ले उन्लाइ बेर्न पाको छैन
बिहे भएको नौ बर्ष पुग्दा सम्म पनि
मैले प्रिया को चोलो फेर्न पाको छैन
दुई गिलास!
मिल्थ्यो त म प्रिया कै अगाडि बसेर पिइदिन्थेँ
भन्दै
तिमिलाइ रुवाउने मेरो चाहना हैन साना
बेरोजगारी त्यसका लागि बहाना हैन साना
बरु म दाना खाएरै तिमिलाइ खाना खुवाउँला
नियत झुक्ला मेरो झुक्ने जहान हैन साना
ओए भाग्य##
घरमा
माटो को दिवार चर्किरहेछ
बर्खा ले
येहा जिगर चर्किरहेछ असिना सरि
चट्याङ जसरी भड्किरहेछ गिदि
फुङ्गाल्दै छन सपना छितिज को भिर देखि
पिर देखि बाल झर्दै छन मेरा शिर देखि
उमेर सङ्गै
बोली धोद्रो दृश्य धमिलो हुदैछ
फोकटको चिनी अमिलो हुँदै छ
जिब्रो लाई
अरे!
स्वाद फेर्दै छु अब
आज अन्तिम पटक खादैछु खुसिले
भोलि देखि काम मा जाँदै छु म
दुई गिलास मगाउदै छु
ओए भाग्य आइज यार
एउटा गिलास……….तेरै लागि हो!
आज पिउनै पर्छ!
-अस्मित रेग्मी