म बोल्छु,मलाई बोल्न देउ- देबेन्द्र श्रेष्ठ

Spread the love

शिर्षक :म बोल्छु,मलाई बोल्न देउम बोल्छु,मलाई बोल्न देउ- देबेन्द्र श्रेष्ठ 1

म बोल्छु,मलाई बोल्न देउ ।
मेरा बिचारहरुलाइ पोख्न देउ।।
मेरो यो आवाजलाइ जनतासामु बुलन्द पारिदेउ।।।

भ्रष्टाचार र अन्यायको विरुद्धमा मेरा यी निर्दोष आवाजलाई किन सहिद बनाइन्छ?
अन्याय, अत्याचार र भ्रष्टाचारबाट लतपतिएका आवाजलाइ किन गुन्जायमान बनाइन्छ?
अनि,ती भोका ,थकित बिपन्न बर्ग र निमुखाहरुको पेटमाथी लात अनि आङमाथी स्वाट् स्वाट् लौरो किन बजारिन्छ?
म बोल्छु,मलाइ बोल्न देउ।

भोक र तिर्खालाइ थाती राख्दै यो प्रचण्ड गर्मीमा आफ्नो गन्तब्यतिर अघि बढीरहेका मजदुर
अनि चिल्लो गाडीमा बियर पिउदै रफ्तारमा हिडिरहेका धनाढ्य
त्यसै बखत,
पैदल यात्रुमाथी सुम्ला उठनेगरी लाठि बजारेको देख्छु,
चिल्लो गाडीमा हिड्ने भुसतिख्रेलाइ सलाम ठोकेको देख्छु।
त्यसपछि आफैले आफैलाइ प्रश्न गर्छु!
के यो लकडाउन गरिब,निमुखा जनतालाइ मात्र हो?
के बाध्यता सम्पन र उच्च बर्गलाइ मात्र हुन्छ?
के नेपाल प्रहरी उच्च र सम्पन्न बर्गको मात्र सेबक हो?
म बोल्छु ,मलाइ बोल्न देउ ।

फेरि सामाजिक संजालमा देख्छु,
management पढेका डाक्टर
कृषि पढेका नर्स,
arts पढ्ने भुगोलबिद,
सुख सयल र मोजमस्तिका निम्ति युरोप ,अमेरिकाको PR धारीको मुखबाट नेस्केको खोख्रो देशभक्ती ।
अनि,मेरो अन्तर्मनमा गुन्जिन्छ
“के यो नै परिबर्तन हो त?”
म बोल्छु,मलाइ बोल्न देउ
मेरो यो आवाज जनतासामु बुलन्द पारिदेउ।

सत्तापक्ष र प्रतिपक्षको जुहारी र आरोप-प्रत्यारोप देख्छु,
बर्गिय संघर्सको नारा लागाएर सत्तामा पुगेको नेताहरुले जिएको बिलासी जीवन देख्छु,
सत्तामा रहदा गिद्दले मासु लेछे सरह देशको ढुुुुुुकुटि लुट्ने लाचार,शुन्यआवाजको प्रतिपक्ष देख्छु।
फेरि म रुन्चेस्वरमा आफैलाइ प्रश्न गर्छु।
के समृद्धि भनेको नेता र कार्यकर्तालाइ मात्र हो त?
के हिजोको १७ हजार नेपालीको बलिदान यसकै निम्ति हो त?
के माओबाद र माक्सबाद यस्तै शासन सिकाएको थियो ?
के बिपि को सपना यस्तै थियो त?
म बोल्छु, मलाइ बोल्न देउ ।
मेरो मुखमा लागेको ताल्चा खोलिदेउ।।
मेरो यो आवाज ३ करोड नेपालीसामु बुलन्द पारिदेउ।।

देबेन्द्र श्रेष्ठ
चितवन, नेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *