अनलाइन कविता प्रतियोगिताको उत्कृष्ट कविता “दुखी”- सुनीता तिमल्सिना

Spread the love

 

 

अनलाइन कविता प्रतियोगिताको उत्कृष्ट कविता "दुखी"- सुनीता तिमल्सिना 2

दुखी

मेरो बुबा ले पसिना बेचेर मलाइ कलम कापी किन्दिनु भयो रे
आमा ले भोको पेट मा पटुका कसेर मेरो गासको जोहो गर्नु भयो रे
पैदल कि त साइकल पेलेर बुबा सहर सम्म मेरा रहर किन्न जानु हुन्थ्यो रे
बैशाखे घाम मा पनि आमा मेरो इछा किन्ने पैसा कमाउक जानुहुन्थ्यो रे
बुवा ले चाडबाड आउदा केवल जनै फेर्नु भयो रे अरु पुरानै मैला पहिरनु हुन्थ्यो रे
आमा का गला रित्तै कान रित्तै सिर्फ सिन्दुर र टीका अनि ओठमा फिका हासो ले सजिनु हुन्थ्यो रे
म अल्लि ठुलो हुदा
मैले बुवा को आँखा मा टिलपिल आँसु देखे
जुन न झर्न सके न ओभाउन सके
आमाले डाको छोड्न नसकेर कापेका ओठ
जुन न आमा ले लुकाउन सक्नु भो न मैले नदेखे झै गर्न सके
दुख बीस को उन्नाइस भएन तर म एक्काईस को भए
अनि निस्किए म धितो मा राखेको माटोको घर को फाटेको छाना मुनि को दैलो हुँदै
लागे खाडि
आमा लाई सुहाउने साचै को हासो अनि बुवा लाई छोरो प्रती को भरोसा कमाउन लाइ

दशक पछि फर्किदा
बुवा गल्दै जानू भएछ आमा थलिन लाग्नु भएछ
मैले बुवा ले जस्तै आँसु लुकाए आमा ले जस्तै नदेखिने गरि पुछे
बुवा ले जस्तै मैले खुसी किन्न पौरख बेचे
तर पनि
उस्तै छ आज
दुख बीस को उन्नाईस भएन छोरो एक्काईस पुगेछ

#सुमना_तिमिल्सिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *