प्रहरी द्वारा नै गाॅजा तस्करी गरेको आशंका-स्थानियको भिड नियन्त्रण गर्न एक राउन्ड हवाई फाएर।

Spread the love

प्रहरी द्वारा नै गाॅजा तस्करी गरेको आशंका-स्थानियको भिड नियन्त्रण गर्न एक राउन्ड हवाई फाएर। 1

राप्ती नगरपालिका ०५ चौकीडाँडामा २०७७/०१/२६ गते बेलुका ९:२० बजे बा १२ च २७१ नं गाडीमा गाँजा तस्कर भएको सुराकी पाए पछि स्थानीयबासी ले उक्त गाडी नियन्त्रणमा लीई सोधपूछ गर्ने क्रममा प्रहरीहरु नै यसमा सम्मिलित भएको जानकारी आएको छ ।

उक्त गाडीमा लगभग ८ जना जति प्रहरी र २ बोरा गाँजा फेला पारेका छन्। स्थानिय द्वारा सोधपुछ हुदाँ प्रहरीले खुल्ला स्पष्टता दिन खोजेनन् ।

भिड बढ्दै गएपछि प्रहरीले हवाई फाइरिङ पनि गरको छ। हवाई फाइरिङ भएपछि स्थानिय बासिन्दाहरु बिच भागदौड पनि भएको थियो।

यसरी प्रहरी नै सम्मिलित भएर गाँजा तस्कर भएको अनुमान स्थानिय बासिन्दा लगाएका छन्। गाँजा बोकेको गाडी सधैँ प्रहरीले नै प्रयोग गर्थे भन्ने सुन्नमा आएको छ। सोधपुछ गर्दा प्रहरीहरुबाट स्पष्ट कुरा नआएपछि गाडीमा स्थानिय युवाहरुले ढुङ्गा पनि बर्षाएका थिए ।

सत्यतथ्य छानबिनको लागि स्थानियहरुले माग गरेका छन्। यसबारे पूरा विवरण सार्वजनिक हुनुपर्ने पनि उनीहरुले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *