काफिया फिल्मस् र दुर्गिस फिल्मस् को सहकार्यमा चलचित्र ” लकडाउन ” को निर्माण गरिदै

Spread the love

नेपाली फिल्म क्षेत्रमा धेरै राम्रा र सफल फिल्मको योगदान गरेको काफिया फिल्मस् नयाँ फिल्म बनाउने तयारीमा जुटेको छ । यो महामारीको समयमा धेरै सुनिएको शब्द लकडाउनको नाम लिएर नयाँ फिल्ममा जुटेको हो ।

काफिया फिल्मसका प्रमुख गोविन्द शाहीले दुर्गेश फिल्मसँगको सहकार्यमा “लकडाउन” फिल्म निर्माणमा जुटेको बताएका छन् । यो विषम परिस्थितिपछि दर्शकलार्इ पुनः पुरानै जीवनशैलीमा फर्किन सहयोग गर्नका लागि अहिले नै फिल्म निर्माणको तयारीमा जुटेको बताएका छन् ।

फिल्मको तयारी भए पनि फिल्म कस्को निर्देशनमा बन्ने र को को कलाकारहरू समेटिने भन्ने विषयको टुंगो लकडाउनको अवस्था सकिएपछि लाग्ने बताइएको छ । तर सामान्यवत रफ पोस्टर भने सार्वजनिक गरिएको छ । चलचित्रको रिलिज मिति , सुटिङ्ग स्थल र सुटिङ्ग साइत भने अझै घोषणा गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *