अज्ञात समुह द्वारा चितवन, टाडीमा पैसा फालेर बेपत्ता-स्थानीय त्रसित।

Spread the love

अज्ञात समुह द्वारा चितवन, टाडीमा पैसा फालेर बेपत्ता-स्थानीय त्रसित। 1

चितवनको सडकमा वेवारिसे पैसा फेला परेको छ । पूूूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडी चोक नजिक हाइस्कुल रोडमा वेवारिसे पैसा भेटिएको हो । एक व्यक्तिले उक्त रकम सडकमा फालेर भागेको स्थानियले बताएका छन् ।

पैसा फालेको व्यक्ति मोटरसाइकलमा भागेको स्थानियले बताए । सडकमा पाँच सय , पचाँस ,बिस र दश रुपैयाँको नोट फालिएको छ । प्रहरीले पाँच सयको एउटा , पचाँसको तिनवटा , बिसको एउटा र दश रुपैँयाको एउटा नोट बरामद गरेको छ । अज्ञात व्यक्तीले पैसा फालेर भागेपछि स्थानिय त्रसित भएका छन् । कोरोना संक्रमण बढिरहेको बेला अज्ञात व्यक्तीले पैसा फालेर भागेपछि कोरोना संक्रमण फैलाउन यस्तो गरेको हुनसक्ने स्थानियले आशंका गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *