रत्ननगर-15, पिठुवा खानेपानीद्वारा एक महिनाको महशुल निःशुल्क।

Spread the love

रत्ननगर-15, पिठुवा खानेपानीद्वारा एक महिनाको महशुल निःशुल्क। 1

रत्ननगर । रत्ननगरस्थित पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले एक महिनाको खानेपानी महसुल छूट दिने घोषणा गरेको छ । सञ्चालक समितिको शुक्रबार सम्पन्न पूर्ण बैठकले चैत महिनाको महसुल छूट दिने निर्णय गरेको हो ।

१० हजार लिटर खानेपानी प्रयोग गरेबापत तिर्नुपर्ने न्यूनतम महसुल छूट गर्ने निर्णय भएको अध्यक्ष आशिक तामाङले जानकारी दिए । सो संस्थाले फागुन, चैत र वैशाख महिनाको शुल्क तिर्न ढिलाइ गरेका उपभोक्तासँग जरिवानासमेत नलिने भएको छ । ‘कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण उपभोक्ताहरू समस्यामा परेका छन्’, अध्यक्ष तामाङले भने, ‘उपभोक्तालाई राहत प्रदान गर्न पनि एक महिनाको महसुल छूट र जरिवाना नलिने निर्णय गरेका हौँ ।’

लकडाउनका कारण घरघरमा पुगेर मिटर रिडिङ गर्ने अवस्था नरहेकाले सो संस्थाले अघिल्ला तीन महिनाको खपत युनिटलाई आधार मानेर महसुल असुल गर्ने भएको छ । सो संस्थाले रत्ननगर नगरपालिका वडा नं १४, १५ र १६ का जनतालाई खानेपानी वितरण गर्दै आएको छ । २०६७ सालमा स्थापना भएको सो खानेपानी संस्थाको ३ हजार ४६० उपभोक्ता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *